लिखित कारण लिएर महानिरीक्षक सहित प्रहरी अधिकारी सर्वोच्चमा

लिखित कारण लिएर महानिरीक्षक सहित प्रहरी अधिकारी सर्वोच्चमा

  • बुधबार, फाल्गुन २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

फागुण २८ काठमाण्डौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाल प्रहरीका महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली सहित चार अधिकारी मंगलबार सर्वोच्च अदालतमा उपस्थित भएका छन् । गत सोमबार सर्वोच्चले उनीहरूलाई एक साताभित्र लिखित जवाफसहित उपस्थित हुन भनेपछि उनी चारजना प्रहरी अधिकृत लिएर अदालत पुगेका हुन् । जवाफ लिएर पुगेका हुन् ।

महानिरीक्षक ज्ञवाली सहित महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदी, सोह्रखुट्टे वृत्तका सन्तोषसिंह राठौर र सिंहदरबार वृत्तका डिएसपी कौशल बुढाथोकी सर्वोच्चमा उपस्थित भएर आफूहरूले कानुनसम्मत नै काम गरेको र अदालतको अपहेलना नगरेको जवाफ दिएका छन् ।
बन्दी प्रत्यक्षीकरण मुद्दामा अदालतले छाड्न भनेका व्यक्तिलाई अदालतको गेटबाटै पक्राउ गरेको भन्दै गत १८ फागुनमा उनीहरूविरुद्ध अपहेलना मुद्दा दायर भएको थियो । भोलिपल्ट अदालतले उनीहरूलाई सात दिनको म्याद दिएर उपस्थित हुन भनेको हो ।

नेपाल कम्युनिस्ट पार्टीमा आबद्ध भएको आरोपमा पक्राउ परेका भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई सर्वोच्च अदालतले छाड्न आदेश दिएकोमा सर्वोच्चबाटै उनीहरूलाई गाडीमा राखेर प्रहरी कार्यालयमा पुर्‍याएर अर्को मुद्दामा अनुसन्धान गरिएको थियो । प्रहरी कार्यालयमा रहेका सामान फिर्ता दिने भनेर काठमाडौं परिसर लगेर सोह्रखुट्टे वृत्तमार्फत फेरि मुद्दा चलाइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ