फागुण २७ बीरगञ्ज । आज होली पर्व तराईका जिल्लाहरुमा धुमधाम मनाईयो । हिजो उपत्यका सहित पहाडी जिल्लाहरुमा मनाईएको थियो ।
यसैक्रममा होलीको अवसरमा आज पर्साकी एसपी गंगा पन्तले सम्पूर्ण प्रहरी कर्मचारी देखि हिरासतमा रहेका बन्दीहरुलाई समेत रंग लगाएर शुभकामना दिएकी छन् । जिल्ला प्रहरी कार्यलयमै शुभकामना आदान प्रदान गरेकी हुन् । उनले हिरासतमा रहेका थुनुवालाई समेत टिका लगाईदिएकी थिईन् । सधै प्रहरीको त्रासमा रहने थुनुवाले यस पटक एसपीले नै टिका लगाए पछि खुसी भएका थिए ।


यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline