ठगीको मुद्धामा फरार भनिएका भेटवाल आफै पुगे प्रहरीमा

ठगीको मुद्धामा फरार भनिएका भेटवाल आफै पुगे प्रहरीमा

  • मङ्लबार, फाल्गुन २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

काठमाण्डौं फागुण २७ । ठगीको आरोप लागेका जलेश्वर सोछन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालले आत्मसमर्पण गरेका छन्। मंगलबार बिहान महानगरीय प्रहरी परिसर टेकुमा पुगेर उनले आत्मसमर्पण गरेका हुन्।
काठमाडौंको पूरानो बसपार्कमा बन्न लागेको भ्यू टावरका मुख्य ठेकेदार भेटवाल भारत पुगेका थिए। उनी मंगलबार बिहान भारतबाट आएर प्रहरी परिसर टेकुमा आत्मसमर्पण गरेका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए।

डीएसपी बोगटीका अनुसार भेटवालमाथि अहिलेसम्म ७५ लाख १० हजार ठगी गरेको चन्द्र सिंह धामीले उजुरी गरेका छन्। तर उनले करोडौं ठगेको आशंका गरिएका छ। उनीविरुद्द सिआईबिमा समेत ठगिको जाहेरी परेको छ।

बैकिङ कसुरमा पक्राउ पुर्जी जारी गरेर आजै अदालतबाट म्याद थपको प्रकृया प्रहरीले अघि बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ