महिला दिवसकै दिन साझँ जंगलमा लगेर महिलालाई बलात्कार प्रयास गर्ने पाण्डे पक्राउ

महिला दिवसकै दिन साझँ जंगलमा लगेर महिलालाई बलात्कार प्रयास गर्ने पाण्डे पक्राउ

  • सोमवार, फाल्गुन २६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

अन्तराष्ट्रिय श्रमिक महिला दिवसकै दिन पाल्पाको रामपुर नगरपालिकामा एक युवतीमाथि जबर्जस्ती बलात्कारको प्रयास गर्ने गणेश पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा साझँ जङ्गलबाट अर्धनग्न अवस्थामा रुदै चिच्याउँदै गरेको अवस्थामा २० वर्षीया युवतीलाई स्थानीयले उद्धार गरी प्रहरीलाई जानकारी गराए पछि घटना सार्वजनिक भएको हो ।
घटनास्थलमा युवतीको भित्री बस्त्र र शुरुवालसमेत फालिदिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी स्थानीयले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पीडित युवती आफन्तको घरमा बसेर मजदूरी गर्दै आएकी थिइन्। रामपुरको बेझाड बजार जान निस्केकी ती पीडित युवतीलाई आरोपित पाण्डेयले एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरेको बताइएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ