काठमाडौं, २६ फागुन ।
कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले जोखिम न्युनिकरण गर्न भिडभाड,लोला हान्न तथा होहल्ला गर्न निशेष गरेपछि आज महानगरीय प्रहरी कार्यालय रानीपोखरीले विशेष सुरक्षा बनाएको छ ।
सरकारको निर्देशनको पालना गराउन र होलीका दिनमा हुन सक्ने सम्भावित चुनौती कम गर्न काठमाडौं, भक्तपुर र ललितपुरमा गरी २५ सय बढी प्रहरी परिचालन गर्ने तयारी गरेको छ ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले होली विशेष सुरक्षा योजना अन्तर्गत करिव २५ सय प्रहरी भीडभाड हुने संभावित स्थानमा परिचालन गरिने वताए ।
जसअनुसार काठमाडौंमा १३ सय, ललितपुरमा ५ सय तथा भक्तपुरमा ४ सय प्रहरी खटिनेछन् ।
त्यसबाहेक सडकमा ट्राफिक प्रहरीसमेत उल्लेख्य रूपमा परिचालन गरिनेछ । उपत्यकाका तीनै जिल्लामा गरी ६ सय ट्राफिक प्रहरी परिचालन हुनेछन् ।
विश्वभर कोरोनाको संक्रमण फैलिहेको अवस्थामा नेपालमा यसको संक्रमणलाई रोक्न भीडभाड नगर्न आग्रह गरेको जानकारी दिदैँ पोख्रेलले ‘अवज्ञा गर्ने र जवर्जस्ती रङ, पानी हालेमा पक्राउ गरी अभद्र ब्यावहारमा मुद्दा चलाउँने बताए ।
उपत्यकालगायत पहाडी जिल्लामा आज र मधेसमा भोली होली पर्व मनाइन्छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र महानगरीय प्रहरी कार्यालयले विश्वभर फेलिएको कोरोनाको संक्रमण नेपालमा पनि फैलिनसक्ने संभावनालाई ध्यानमा राख्दै होलीमा भीडभाड नगर्न आग्रह गरेको हो ।
गृहमन्त्रालयले पनि कोरोना भाइरसको संक्रमण फैलन सक्ने संभावनालाई मध्यनजर गदै होलीमा भिडभाड, सांगितिक कार्यकम नगर्न आग्रह गरेको छ
यस्तै बालबालिकाले घरको छतबाट पानी छ्याप्ने क्रम बढदै गएपछि नियन्त्रणकालागि प्रहरीले अभिभावकलाई सचेत गराएको छ । बालबालिकाले इच्छा विपरीत कसैलाई रङ तथा लोला हानेमा अभिवाभकलाई अभद्र ब्यावहारमा मुद्दा चलाइने महानगरीय प्रहरी कार्यलयले जनाएको छ । भने होलीको गतिविधि सिसीटीभी क्यामराबाट निगरानी गरिनेछ ।
प्रहरीले जवर्जस्ती लोला, रङ हानेको उजुरी आउनासाथ तत्काल घटना स्थलमा पुग्नेगरी टोलि तयार राखेको छ ।