काठमाडौं, फागुन २५ । सरकारले विगतमा जस्ताे भिडभाड गरेर रंग दल्दै हाेली नखेल्न अनुरोध गरेकाे छ ।
गृह मन्त्रालयले कोरोना भाइरसको जोखिमलाई ख्याल गर्दै होली मनाउन अनुरोध गरेकेा हाे ।गृह मन्त्रालयलेद्वारा जारी विज्ञप्तिमा होलीमा विगतमा जस्तै भीडभाड, भेला, जम्मा हुने, लोला पानी फ्याक्ने, शरीरमा रंग, अबिर दल्ने कार्य पनि जोखिमपूर्ण हुने हुँदा सो कार्य नगर्न अनुरोध गरिएको छ ।
यता, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले पनि यसवर्ष परिवारसँग मिलेर होली खेल्न अनुराेध गर्दै भीडभाड गर्ने होहल्ला गर्ने अरुलाई पानी छ्याप्दै हिड्न कार्य नगर्न चेतावनी दिएका छन् ।
आम मानिसमा होली खेल्न रोक लगाएको हो कि भन्ने भ्रम परेको भन्दै प्रमुख जिल्ला अधिकारीले हाेली खेल्न पाइने तर पानी छ्याप्न र रंग फालेर भिडभाड नगर्न अनुराेध गरेकेा बताए ।
उनले एकै पटक धेरै ठूलो समूहमा हिड्नु भएन, कन्सर्ट नगर्न र पानी अरुलाई नछ्याप्न अनुरोध गरे। सभ्य भएर होली खेल्न पाउने जानकारी दिदैँ उनले भने, हामीले होली मनाउन नपाउने भनेका छैनौं, चिसो र पानीमा कोरोना भाइरस सक्रिय हुने भएकाले जोगिनुपर्छ भनेर अनुरोध गरेका छौं ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले पनि जिल्ला प्रशासन कार्यालय तथा गृह मन्त्रालयको निर्देशन अनुसार होली सभ्य तरिकाले मनाउन प्रहरी परिचालन हुने बताए ।
यो पटकको होली खेल्दा कोरोनाको उच्च जोखिम हुने भएकाले समूहमा होली नखेल्न र पानीमा नभिज्न एसएसपी थापाले सबैमा अनुरोध गरे ।