हुण्डी कारोवारी, कालोबजारी, चोरी निकासी गर्नेलाई कानुनी दायरामा ल्याउन सक्रिय बन्न निर्देशन

हुण्डी कारोवारी, कालोबजारी, चोरी निकासी गर्नेलाई कानुनी दायरामा ल्याउन सक्रिय बन्न निर्देशन

  • आइतवार, फाल्गुन २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौँ, २५ फागुन ।
प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सङ्गठनले लिएको लक्ष्य र उद्देश्यअनुरुप सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने बताउनुभएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिँदै महानिरीक्षक ज्ञवालीले नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अझ बढी संवेदनशील एवं सक्रिय हुनुपर्ने बताउनुभयो ।

प्रहरी कर्मचारीको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार क्रियाकलाप, व्यावसायिक दक्षता तथा सीपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । महानिरीक्षक ज्ञवालीले उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको चुनौतीको समाधानका लागि सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले हुण्डी कारोवारी, कालोबजारी, चोरी निकासीलगायत अन्य आपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने बताउनुभयो ।

प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीले व्यावसायिक निष्ठा तथा लगनशीलताको प्रदर्शनी गर्नुपर्ने उहाँको भनाइ थियो । महानिरीक्षक ज्ञवालीले समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीको सम्बन्धलाई सुधार गर्दै समाजमा हुने अपराध नियन्त्रणमा लाग्नुपर्ने बताउनुभयो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षाका लागि प्रहरी गम्भीर भएर लागेको बताउनुभयो । शान्ति सुरक्षालाई थप मजबुत बनाउन समुदायसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ