ने.क.पा. बारा इन्चार्ज नयन गिरफ्तार, रिहा गर्न मागः झूट्टा मुद्दा लगाउने क्रम जारी राखे जनप्रतिरोध हुने चेतावनी

ने.क.पा. बारा इन्चार्ज नयन गिरफ्तार, रिहा गर्न मागः झूट्टा मुद्दा लगाउने क्रम जारी राखे जनप्रतिरोध हुने चेतावनी

  • आइतवार, फाल्गुन २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौं, २५ फागुन ।

नेपाल कम्युनिस्ट पार्टीका नारायणी ब्युरो सदस्य एवम् बारा जिल्ला इन्चार्ज नयनलाई  प्रहरीले गिरफ्तार गरेकेा छ । उनलाइ आइतवार दिउँसो १ बजे बारा जिल्लाको जितपुरमा रहेको जमोदिन मियाँको घरमा बसिरहेको बेला प्रहरीले गिरफ्तार गरेको हाे ।

उता, नेकपा नारायणी ब्युरोले प्रेस विज्ञप्ति जारी गरी नयनलाई बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।

ब्युरो इन्चार्ज शितलले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा सरकारले निर्दोष नागरिकलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने क्रम जारी राखे जनप्रतिरोध हुने चेतावनी पनि दिएका छन् ।

शितलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, निर्दोष नागरिकलाई गिरफ्तार गर्नु, थुनामा राख्नु, झूट्टा मुद्दा लगाउनु सरकारको निन्दनीय कार्य हो । यस्तो कार्यप्रति घोर भत्र्सना गर्दछौँ ।’

ब्युरो इन्चार्ज शितलको विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक दलाल पुँजीवादी सरकार आज निर्दोष नागरिकलाई गिरफ्तार गर्ने, झूट्टा मुद्दा लगाउने, थुनामा राख्ने, यातना दिने, जेल हाल्ने मात्र होइन, गोली हानी हत्या गर्ने गैरकानुनी कार्यसमेत गरिरहेको छ भने अर्कोतिर दलाली, भ्रष्टाचारी, तस्कर र राष्ट्रघाती कित्तामा आफ्नै नाम दर्ता गरेको छ । यसखालको दोषपूर्ण सरकारले निर्दोष नागरिकमाथि गर्ने दमन र अन्याय जनताको तागतले तह लगाउनेछ । गिरफ्तार गरिएका कमरेड नयनलाई बिनासर्त रिहाइको माग गर्दछौँ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ