स्याङ्जा, २५ फागुन ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले आज ११० औँ अन्तर्रा्ष्ट्रिय महिला दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाएको छ ।
विगत बर्षहरुमा जस्तो केन्द्रीयस्तरमा कार्यक्रम नगरेको अनेमसंघ क्रान्तिकारीले जिल्लास्तरिय कार्यक्रमहरु गरेको हो । माउ पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएपछि महिला संघका नेता कार्यकर्ताहरु पनि गिरफ्तारमा परेका छन् । केन्द्रीय अध्यक्ष बन्धु चन्द, महासचिव धिरेन्द्रा उपाध्ययसहितका दर्जनौ महिला नेतृहरु प्रहरी हिरासतमा रहेका छन् । अनेमसंघमाथि सरकारले लगाएको अघोषित प्रतिबन्धका बाबजुत आज ८ मार्चका दिन जिल्ला जिल्लामा अन्तरक्रिया, छलफल लगायतका कार्यक्रम राखेको छ ।
यसैक्रममा अनेमसंघ क्रान्तिकारीले आज स्याङ्जाको वालिङ् नगरपालिका दुई अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
अनेमसंघ क्रान्तिकारी स्याङ्जाका अध्यक्ष भूमिका नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका वक्ताहरुले महिलाहरुले अहिले पनि पूर्ण अधिकार प्राप्त गर्न नसकेको बताएक थिए । उनीहरुले अझै पनि महिलाले आफ्नो अधिकारका लागि लड्नुपर्ने अवस्था अउनु दुखःद भएको बताए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका स्याङ्जा सेक्रेटरी सागरले समान अधिकारका लागि सय बर्ष अघिबाट सुरु भएको आन्दोलनले अझै मुर्त रुप लिन नसकेको भन्दै अधिकार मागेर नभई खोसेर लिनपर्ने बताए । नेपाली महिलाले पनि मुलुकको राजनीतिक परिवर्तका लागि भएका हरेक आन्दोलनमा अग्रपक्तिमा रहेर सहभागीता जनाएको र सफल भएका इतिहास ताजै रहेका भन्द्यै फेरी एकपटक नयाँ सिराबाट आन्दोलनको आधिवेहरी ल्याउन एकजुट हुनपर्ने बेला आएको बताए ।
कार्यक्रममा अनेमसंकि जिल्ला अध्यक्ष नेपालीले विगतमा महिला आन्दोलनले प्राप्त गरेका उपलीब्धहरुको रक्षा गर्न नसकेका कारण अझै महिलाहरु शोषण र उत्पिडनमा बस्नुपर्ने अवस्था रहेको बताईन् । उनले आफ्नो अधिकारका लागि महिलाहरुले दायरा फराकिलो बनाएर लड्न पर्ने बेला आएको र महिलाका मुद्धा राष्ट्रिय मुद्धा बनाईनुपर्ने बताईन् ।