२५ फागुन, चन्द्रौटा । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा ५१ वर्षीया बेदमतीदेवी गुप्ता माथि तेजाब प्रहार गरिएको छ ।
तेजाब प्रहारबाट गुप्ता घाइते भएकी छन् । गुप्ताको निधार र शरीरमा तेजाब लागेकेा र अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताए ।
तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । क्रिकेट ब्याडका विषयमा विवाद चल्दै गर्दा छिमेकी हरिनारायण वरईले तेजाब प्रहार गरेको बताइएको छ ।
ब्याट्री मर्मत गर्ने पसल सञ्चालन गर्ने वरईले क्रिकेट ब्याड भाँचेपछि ब्याडको पैसा तिनुपर्ने भन्दै झगडा भएका बेला ब्याट्रिमा राख्ने तेजाब फालेका थिए । प्रहरीले वरई सहित उनकाे पसलबाट पाँच लिटर तेजाबसमेत नियन्त्रणमा लिएकाे छ । उनलाई ज्यान मार्ने उद्योगअन्र्तगत मुद्दा दर्ता गरिएको छ ।