२५ फागुन, दार्चुला ।
बैतडीको खोड्पे पन्तोली मोडमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
धनगढीबाट दार्चुलातर्फ आउँदै गरेको अनटेष्ट १२५७ नम्बरको जिप पाटन नगरपालिका–६ खोड्पे पन्तोली मोडमा आज बिहान सवा दुई बजे दुर्घटनामा परेको हो।
दुर्घटनामा दुहु गाउँपालिका– २ सवारी चालक धन सिंह बडालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा उपचार भइरहेको छ । जीप सडकबाट २०० मिटर तल खसेको छ। -फाईल फोटो
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline