बिद्यार्थीको हात ब्लेडले चिर्न लगाउने शिक्षिका पुगिन प्रहरी खोरमा

बिद्यार्थीको हात ब्लेडले चिर्न लगाउने शिक्षिका पुगिन प्रहरी खोरमा

  • शनिबार, फाल्गुन २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

फाल्गुन २४, काठमाडौँ । विद्यार्थीले कम नम्बर ल्याएको झोँकमा ब्लेडले हातै चिर्न लगाउने जडिबुटीस्थित जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्‍मी कर्मचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६ का विद्यार्थीलाई हात चिरेर यातना दिएको पाइएपछि महानगरीय प्रहरी वृत बानेश्‍वरले शिक्षिका कर्मचार्यलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले आरोपित शिक्षिकालाई शनिबार बिहान उनको घरबाटै पक्राउ गरिएको बताए।

उक्त एकेडेमीले शिक्षिका कर्मचार्यलाई बर्खास्त गरिसकेको छ। प्रिन्सिपल राजनकुमार श्रेष्ठले उनलाई शुक्रबारदेखि लागू हुने गरी बर्खास्त गरेको विज्ञप्ति निकालेका छन् । बर्खास्तमा परेकी शिक्षिका सामाजिक विषय पढाउँथिन्।

भक्तपुर घर भएकी उनी विगत १० वर्षदेखिसोस्कुलमा अध्यायपनरत थिइन्।जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट म्याद थप गरेर कर्मचार्य विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने एसएसपी सुवेदीले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी