स्टालीनले अन्तिम सास लिएको त्यो क्षण….

स्टालीनले अन्तिम सास लिएको त्यो क्षण….

  • शनिबार, फाल्गुन २४, २०७६
  • एन्डीज शर्मा

  • 26.3K
    SHARES

जसरी पानी विना भोल्गा हुदैन, त्यसरी नै स्टालीन विनाको रुस हुदैन । यो नारा लगाएर दशौं लाख मानिसहरु सडकमा भाव विव्हल भएर शोक व्यक्त गर्न उत्रिएका थिए उनको मृत्यु पछि । अमेरीकी पत्रकार अन्ना लुई स्ट्रगंले लेखेको स्टालीन युग नामक पुष्तकमा उल्लेख छ । यसको कारण थियो जर्मन साम्राज्यवादलाई स्टालीनको नेतृत्वमा घुडाँ टेकाएर रुसको रक्षा गर्नु । दोस्रो उनले आधारभूत जनताका लागि लागू गरेको समाजवादी कार्यक्रम । यद्यपि, देशको पूजीपति वर्ग स्टालीनसगँ खुसी थिएन । किन भने पूजीको राष्ट्रियकरण उनीहरुका लागि समस्या हुन्थ्यो । बोल्सेविक क्रान्तिको ७ बर्ष पछि नै १९२४ मा स्टालीनले देश र पार्टीको जिम्मेवारी सम्हालेका थिए । त्यस बेला समाजवादको विकास गर्नु र देशलाई अन्तराष्ट्रिय साम्राज्यवादी आक्रमणबाट जोगाउनु साथै आन्तरीक पूजीपति र सामन्तहरुको चूनौतीको सामना गर्नु कम चानचुने कुरा थिएन । १६ वटा गणराज्य सहितको रुसमा त्यतिबेला करीब २० करोड जनता थिए शायद । देशको राजधानी पनि कम्युनिष्ट पार्टीले सत्ता जिते पछि सेन्ट पिटेर्सबर्गबाट मस्कोमा सारिएको थियो । त्यही राजधानीको राष्ट्रपति भवनमा स्टालीनको मृत्यु ५ मार्चमा भएको थियो । उनले रुसलाई जर्मनीमाथि बिजय गराएको दिन रुसमा भिक्ट्री परेड मनाईन्छ अझै पनि ।
उनको कार्यशैलीमाथि दुईथरी प्रश्नहरु तेस्र्याईने गरिएको छ । पहिलो उनी तानाशाही हुन् , रुसका जनतालाई जबरजस्ती युद्धमा मात्र लगाएनन्, आफ्नै पार्टीका केन्द्रीय नेताहरुलाई सुराकीको नाममा सफाया गरे । लालफित्ताशाही सत्ता चलाए । उनी तानाशाही हुन् ।
दोस्रो उनको अदम्य शाहस र क्षमताको हो । बिजुलीको गतिमा आक्रमण गर्ने र दुष्मनको किल्ला क्षण भरमै खरानी पार्ने सैन्य रणनीतिका साथ हिटलरले पोल्याण्डमाथि आक्रमण गरेर शुरु गरेको त्यो साम्राज्यवादी हमलाको प्रतिरोध गर्नु सामान्य थिएन त्यस समयको रुसमा । करोडौ जनतालाई सेनामा बदल्ने, नयाँ प्रतिरोधात्मक र प्रत्याक्रमणको फौजी दृष्टिकोणले नै उनको नेतृत्वमा रुसले जर्मनीलाई पाखा लगायो । त्यति मात्र हैन , त्यस युद्धको पराजय पछि हार स्वीकार गरेका हिटलरले अन्ततः आत्महत्या गर्न पुगे । हिटलरको पराजयको मुख्य कारण भनेको स्टालीन हो ।
जर्जियाको एउटा सामान्य परिवारमा जुत्ता सिलाउने मोचीको छोराको रुपमा जज्मिएका जोसेफ स्टालीन भविष्यमा रुसको यति शक्तिशाली र विशाल नेता हुन्छन् भनेर शायदैले सोचेका थिए । उनलाई चर्च पठाएको थियो परिवारले तर उनले बाईबल हैन कम्युनिष्ट घोषणा पत्र हातमा बोके र आन्दोलनमा होमिए । यसैको फलस्वरुप उनी लेनिन पछिका शक्तिशाली नेता मात्र भएनन्, विश्वभर सकारात्मक नकारात्मक चर्चाको शिखरमा रहे ।

डिसेम्बर १८ १८७८ मा जन्मिएका स्टालिन ७ बर्षकै उमेरमा दादुराका कारण निकै कमजोर बनेका थिए । तीनै जोसेफ स्टालिन जसले रुसलाई जर्मन साम्राज्यबादबाट जोगाएनन् मात्र विश्वभर कम्युनिष्ट प्रभाव विस्तार गरे । तिनै स्टालीनको ७४ बर्षको उमेरमा भएको मृत्यु निकै दुखद रहेको देखिन्छ ।

मृत्यु अघिको जन्मोत्सव
१८ डिेम्बर १९५३ मा स्टालीनले आफ्नो जन्म दिनमा पार्टी दिए । त्यो जन्मोत्सव उनको अन्तिम थियो । त्यसबेला उनले आफ्नो निवास बिलंजनाया डाँचामा थुप्रै मित्रहरुलाई बोलाएका थिए । स्टालीनले त्यस साझँ ग्रामोफोनमा लोकगीत आफैले छानेर बजाईरहेका थिए । त्याहाँ सहभागी मध्य निकिता खुस्चेव र अर्का एक जना पार्टीमा त्यति खुसी थिएनन् । किन भने स्टालीनले उनलाई युक्रेनी गोपाक नृत्य गर्न लगाएका थिए , जब कि खुस्चेव नाच्न मन पराउदैन थिए । स्टालिन आफै पनि नाच्न नजान्ने भएकाले अरुलाई नचाउने गर्दथे । अर्को त्यस पार्टीलाई मन नपराउने अरु कोही नभएर उनको आफ्नै छोरी स्वेतलाना अलिलुएवा थिईन् । २६ बर्षको उमेरमा स्वेतलानाको दुई पटकको बैबाहिक सम्बन्ध बिच्छेद भईसकेको थिए । स्वेतलाना कसैले पनि आफूमाथि आदेश दिएको मन पराउदैन थिईन, चाहे आफ्नै बाबु किन नहोस् । जब स्टालीनले छोरीसगँ नाच्ने ईच्छा जनाए उनले मानिन् र बाबाले उनलाई कपालमा समातेर ल्याए उनको अनुहार रातोपिरो भएको थियो । यद्यपि, स्टालिनले रिसले नभई मायाले छोरीलाई तानेका थिए । निकिता खुस्चेवले आफ्नो आत्मकथा खुस्चेव रिमेम्बर्स मा लेखेका छन् , कि स्टालीनले आफ्नो छोरीलाई स्नेहका साथ नै कपाल समातेर नाच्न लगाए पनि अरुले त्यसलाई रुचाएका थिएनन् ।
जब स्टालिन बिरामी भए, १२ घण्टा सम्म बोलाईएन डाक्टर
फेब्रुअरी २८ का दिन स्टालिनले आफ्नो निवासमा आफ्ना वरिष्ठ सहयोगी जर्जी मेलेनकोव,बेरिया,खुस्चेव र बुल्गारिनलाई एउटा फिल्म हेर्न बोलाए । फिल्म हेर्ने विभिन्न परिकारको खाना र मदिराको पनि व्यवस्था थियो त्यस दिन । पार्टी अध्यक्ष मण्डलका सदस्यले त्यस दिन स्टालीनका बारेमा खासै प्रश्न गरेनन् । बेलुकी शुरु भएको पार्टी भोलिपल्ट बिहान ४ बजे सम्म चल्यो । त्यस पछि अन्य नेताहरु बाटो लागे । त्यस बेला सम्म स्टालिनलाई केही भएको थिएन ।

स्टालीनकी छोरी स्वेतलानाले आफ्नो आत्मकथा “ट्वेन्टी लेटर्स टु अ फ्रेन्ड” मा लेखेकी छन् उनको ( स्टालीन ) को अनुहार बदलिएको थियो । ओठ कालो भएको थियो । उनको अनुहार चिन्न नसकिने भएको थियो । अन्तिम क्षणमा उनले आखाँ खोलेर सबैतिर हेरे र आफ्नो हात उठाउने कोशिस गरेका मात्र के थिए उनको प्राण पखेरु गयो ।

खुस्चेवले आफ्नो आत्मकथामा लेखेका छन् कि हामीले छाडेर हिड्दा स्टालीन चंगा थिए । त्यस बेला सम्म हामीसगँ स्टालिनले मजाक गरिरहेका थिए । घरि घरि मेरो भूडीँमा औलाले घोचेर मलाई जिस्क्याईरहेका थिए ।
यो पार्टी सकिए पछि कुनै पनि अंगरक्षकलाई मैले नबोलाउदा सम्म भित्र नआउनु भनेर निर्देशन दिएर शयन कक्षमा गए । स्टालीनका अंगरक्षक पावेल लोजगाचेवले उनको जीवनकी लेखक एडवर्ड रादजस्कीलाई भनेका थिए कि स्टालिने हामीलाई आफूले नबोलाउदा सम्म भित्र नआउनु भनेका थिए । स्टालीनका जीवनी लेख्ने अर्को लेखक रोबर्ट सर्विसले लेखेका छन, एक मार्चको दिन स्टालीनको फ्लायटमा कुनै आवाज आएन, प्रत्यक अंगरक्षकको ड्युटी दुई दुई घण्टामा बदलिन्थ्यो ताकि सैनिकहरुमा आलस्यता नआवस् भनेर ।
बिहान सबेरै उठेर कागति चिया पिउने गर्दथे । उनका एक अंगरक्षक मार्शल एलेक्जेन्डर योगोरोबले त्यस दिन आफूहरुलाई कुनै चिया ल्याउन आदेश नभए पछि र नबोलाईए पछि हैरान भएको बताउछन् । उनीहरुलाई लागेको थियो कि थर्मसमा चिया राखेको हुनाले उनले नमागेको हुन सक्छ । साझँ साढे ६ बजे पछि डाँचाको लाईट बालियो तर पनि स्टालिन कोठाबाट बाहिर आएनन् । उनले नत खाना मगाए , नत कुनै आदेश दिए । राति १० बजे मस्को सेन्ट्रल कमिटिको गाडीमा स्टालिनका लागि एउटा प्याकेट आयो । त्यस पछि गार्डहरुले सल्लाह गरेर पावेल लोजगाचेव त्यस पकेट लिएर स्टालीनको शयन कक्षमा गए । जब उनी त्याहाँ प्रवेश गरे , त्याहाको दृष्य देखेर अचम्मित भए ।
त्यस बेला स्टालिन विछ्यौनाबाट भुईमा लडेका थिए । उनको हात अलिकति उठेको थियो । उनी पुरै तरीकाले बेहोस् भएका थिएनन् तर बोल्न सकिरहेका थिएनन् । उनले पिशाब फेर्न समेत जान सकेका थिएनन् । नजिकै थियो । प्राभ्दा पत्रिका र मिनरव वाटरको एउटा बोतल ।
अचम्म के भयो भने यो सबै देखे पछि पनि कसैले डाक्टरलाई बोलाएनन् । अंगरक्षकहरले गृहमन्त्री सरजई ईग्नातिएवलाई फोन सम्पर्क गरे र त्यस पछि ती मन्त्रीले मेलेनकोव र बेरियालाई सम्पर्क गरे । बेरिया त्यस रात बेला महिलासाथीकोमा बास बसेका थिए । बेरियाले स्टालीन बिरामी भएको भनेर कसैलाई केही नभन्न अंगरक्षकहरलाई भने । घण्टौ पछि पनि डाक्टर बोलाईएन बरु स्टालीनलाई उठाएर वालमा अडेसा लगाएर राखिदिए अनि सिरक ओढाए । केहीबेर पछि स्टालिनलाई डायनिगं हलमा राखियो ।
दिमित्री वाल्कोगोनोवले स्टालीनको जीवनी “स्टालीनः ट्रायफ एण्ड ट्रेजिडी”मा लेख्छन् मेलेनकोवले आफ्नो जुत्ता खोलेर हातमा लिए । स्टालीन जोरले घ्यार घ्यार गर्दै थिए । त्यति बेला बेरियाले डाक्टर बोलाउनुको सट्टा गार्डलाई हप्काउदै भने देखेको छैनस् ? कमरेड स्टालीन सुतिरहेका छन् । तिमीहरु सब बाहिर जाउ ता कि स्टालीन आरामले सुत्न सकोस् ।
खुस्चेवले लेखेका छन् कि मार्च २ बाट सबै नेताहरु स्टालीनको निवासमा पुग्न थालेका थिए । तब सम्म कुनै पनि डाक्टर बोलाईएको थिएन । छोरी स्वेतलानालाई बिहान १० बजे खबर पुग्यो त्यस बेला उनी फ्रेन्च भाषाको कक्षा लिईरहेकी थिईन् । रोबर्ट सर्विसले लेखेका छन् । स्टालीन विरामी भएको थाहा हुदा हुदै पनि डाक्टर नबोलाएर उनको अवस्था झन विग्रन दिएको शंका गर्न सकिन्छ । उनको शरीरमा रक्तचाप बढेको थियो । शायद दम पनि थियो । उनी त्यस अघि पनि पटक पटक बेहोस् भएका थिए । त्यस पछि उनले चुरोट पिउन छाडेका थिए ।
त्यस पछि बोलाईएको डाक्टर पुग्दा स्टालीन बिरामी भएको १२ घण्टा बितेको थियो । स्टालीनको शरीर उनको पिशाबले भिजेको थियो । त्यसै बेला स्टालीनले रगत वान्ता गरे । तब डाक्टरले फोक्सोको एक्सरे गरे । जोनाथन ब्रेट र भ्लादिभीर नाउमोवले आफ्नो पुस्तक स्टालीन्स डाक्टर्स प्लान्टमा लेखेका छन् कि डाक्टरहरुलाई तत्कालै स्टालीनको गंभीर अवस्थाको जानकारी भयो । उनको शरीरको दाहिने हिस्सा कुजो भएको थियो । अपरान्हबाट उनलाई एनीमा दिन शुरु गरियो तर त्यसले काम गर्दैन भन्ने डाक्टरहरुलाई विस्वास थियो । स्टालीन तीन दिन सम्म यसरी नै मुर्छित रहे । त्यस अवधिमा पार्टीका नेताहरु निरन्तर स्टालीनसगै उनको बिछ्यौना छेउछाउ बसिरहे । बेरिया र मेलेन्कोव दिउसो र राति खुस्चेव र बुल्गारीनले स्टालीनलाई रुगेर बस्थे । मार्चमा स्टालीनको अवस्था क्रिटिकल भएको र जे पनि हुन सक्छ भनेर डाक्टरहरुले भने ।
त्यसै बेला जम्मा भएका नेताहरुले बैठक बसे र बेरियाको प्रस्तावमा स्टालीनको स्थानमा मेलेन्कोवले काम गर्ने निर्णय गरे । यद्यपि, स्टालिन त्यस बेला सम्म जिउदै थिए । अध्यक्ष मण्डलका सबै नेताहरु त्याहाँ पुगे । जतिखेर स्टालिनले अन्तिम सास फेरीरहेका थिए । उनले दिवारतिर अनुहार टसाएर सुतेका थिए । त्यसै बेला अरु कतिपय नेताले सोच्न थालेका थिए शायद कमरेड स्टालिन अब कहिल्यै उठ्न पाउने छैनन्, उनले मृत्युको घडी गनिरहेका छन् । ५ मार्चमा स्टालीनलाई फेरी रगत वान्ता भयो र पेट भित्र रक्तश्राप शुरु भयो ।

मार्चमा उनको शरीरमा लेप लगाएर टम्बमा सुरक्षित राखियो । तर ९ बर्ष पछि सन् १९६१ मा खुस्चेवको आदेशमा पछि उनको लाश टम्बबाट हटाएर जलाईयो । खुस्चेवले लाश मात्र जलाएनन् , स्टालीनको नेतृत्वमा चलेको समाजवादी प्रणाली पनि पूजीवादी पद्धतितर्फ फर्काउदै लगे । त्यही खुस्चेवको कार्यनीतिले अन्ततः १९८९ सम्म पुग्दा सोभियत संघ विघटन भयो । जसका लागि अमेरीकाले प्रतिक्षा गरीरहेको थियो ।

त्यस बेला धेरैको आखाँ बेरिया तिर थियो किनकि उनी स्टालीनको हात समाएर बसेका थिए । बेरियाले स्टालीनको सबै भन्दा नजिकको मै हो भन्ने सन्देश दिन खोजिरहेका थिए । त्यस बेला छोरी स्वेतलाना पनि थिईन् । स्टालीनकी छोरी स्वेतलानाले आफ्नो आत्मकथा “ट्वेन्टी लेटर्स टु अ फ्रेन्ड” मा लेखेकी छन् उनको ( स्टालीन ) को अनुहार बदलिएको थियो । ओठ कालो भएको थियो । उनको अनुहार चिन्न नसकिने भएको थियो । अन्तिम क्षणमा उनले आखाँ खोलेर सबैतिर हेरे र आफ्नो हात उठाउने कोशिस गरेका मात्र के थिए उनको प्राण पखेरु गयो । जतिखेर ९ बजेर ५० मिनट गएको थियो । त्यस पछि सबै नेताहरु अंकमाल गरेर रोए , खुस्चेवले छोरी स्वेतलानासगँ अंकमाल गरेर संवेदना प्रकट गरिन् ।
सबैलाई स्टालीनको अन्तिम दर्शन गर्न दिईयो । उनी नमर्दा सम्म रुसमा सबै भन्दा महानतम व्यक्तिका रुपमा स्टालिनलाई सम्मान गरिन्थ्यो । त्यस पछि पार्टीले निर्णय गर्यो कि स्टालीनको पार्थिव शरीरलाई पनि लेनिनकै जस्तो गरेर राख्ने ।
मृत्युको ९ बर्ष पछि खुस्चेवले जलाउन लगाए स्टालीनको लाश
९ मार्चमा उनको शरीरमा लेप लगाएर टम्बमा सुरक्षित राखियो । तर ९ बर्ष पछि सन् १९६१ मा खुस्चेवको आदेशमा पछि उनको लाश टम्बबाट हटाएर जलाईयो । खुस्चेवले लाश मात्र जलाएनन् , स्टालीनको नेतृत्वमा चलेको समाजवादी प्रणाली पनि पूजीवादी पद्धतितर्फ फर्काउदै लगे । त्यही खुस्चेवको कार्यनीतिले अन्ततः १९८९ सम्म पुग्दा सोभियत संघ विघटन भयो । जसका लागि अमेरीकाले प्रतिक्षा गरीरहेको थियो । स्टालीनबारे खुस्चेवले आफ्नो आत्मकथामा गरेको टिप्पणी अनुसार पनि खुस्चेवलाई स्टालिनसगँ रिस थियो भन्ने देखिन्छ । उनले जिस्काएको, चलाएको र नाच्न लगाएको कुराबाट चित्त दुखेको भनी खुस्चेव रिमेम्बर्समा लेखेका छन् ।


चीनका प्रधानमन्त्री चाउ एन लाई शवयात्रामा सहभागी भए भने प्रतिद्धन्दी अमेरीकाका राष्ट्रपति हेनरी ट्रयुमेन र बेलायतका प्रधानमन्त्री विन्सटन चर्चिलले शोक सन्देश पठाएका थिए ।
यसरी एक ऐतिहासिक शिखर पुरुषको अन्त्य द्खद रहन पुग्यो । उनले सत्ता चलाउदा भएको दमनको बिरोध हुदाँ हुदै पनि उनले देखाएको राष्ट्रवाद र रुसको बिजयको लागि श्रेय दिएर पश्चिमा सञ्चार माध्यमहरले त्यतिखेर लेखेका थिए । चीनका स्वर्गीय अध्यक्ष माओत्सेतुङ्गले स्टालीन ७० प्रतिशत सही र ३० प्रतिशत गलत भएको निष्कर्ष निकालेका थिए । नेपालका माओवादीहरुले पनि माओको उक्त निष्कर्षलाई पछ्याएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी