हेलम्बुमा विश्व सुन्दरी टोनी

हेलम्बुमा विश्व सुन्दरी टोनी

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

मिस वर्ल्ड २०१९ की बिजेता जमईकाकी टोनी एन सिंह सिन्धुपालचोकको पर्यटकीय गाउँ हेलम्बु पुगेकी छन्। मिस नेपाल अनुष्का श्रेष्ठले हेलम्बू गाउँपालिकाको इचोकमा सञ्चालन गरेको परियोजना अवलोकन गर्न नेपाल सुन्दरी अनुष्का श्रेष्ठ र पूर्व मिस नेपाल शृङ्खला खतिवडासहित टोनी शुक्रबार बिहानै उनी यहाँ आएकी हुन्।

हेलिकप्टरमार्फत बिहान इचोक गाउँ ओलिएकी टोनीले हेलम्बूमा निर्माणधिन ‘ग्रेट टेल’को अवलोकन समेत गरिन्। मिस वर्ल्ड सहितका पाहुनालाई स्थानीय हेल्मो समूदायले भव्य स्वागत गरेका थिए। उनले स्थानीयलाई नमस्तेको अभिवादन गरिन्। बालबालिकालाई गाला सुम्सुम्याउँदै हात मिलाउँदा स्थानीयले जोडादर तालिको स्वागत गरे। मिस नेपाल अनुष्काले सञ्चालन गरेको परियोजना बारे जानकारी दिने कार्यक्रममा सहभागिता जनाएर उनी आजै आजै काठमाडौं फर्किने छन्।

मिस वर्ल्ड टोनी बिहिबार नेपाल आएकी थिइन्। तीन दिने नेपाल भ्रमणको क्रममा उनीसँगै मिस वर्ल्डको आयोजक संस्थाका अध्यक्ष जुलिया मोर्ले र निर्देशक स्टिभ डगलेसपनि नेपाल आइपुगेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी