कोरोनाका कारण विश्वका ३० करोड बढी बालबालिका विद्यालय जान पाएनन्

कोरोनाका कारण विश्वका ३० करोड बढी बालबालिका विद्यालय जान पाएनन्

  • शुक्रबार, फाल्गुन २३, २०७६
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

एजेन्सी फागुण २३ । कोरोना शुरुमा चीनमा मात्र थियो । त्याँहाका विद्यालय, सार्वजनिक यातायात बन्द भए जनजीवन प्रभावित भयो ।
तर अहिले विश्वका ८० भन्दा बढी देशमा यसले आतंक मच्चाईरहेको छ । छिमेकी भारत, ईटली, अमेरीका, कोरीया, जापान, ईरान लगायतका देशमा कोरोनाका कारण हजारौं विद्यालयहरु बन्द गरिएको छ ।
जसका कारण विश्वभर ३० करोड बढी बच्चाहरु बिद्यालय जान नपाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बुधबार सम्ममा तीन वटा महादेश एशिया , यूरोप सहित गरेर २२ वटा देशका स्कुलहरु बन्द आव्हान भएका छन् ।
सयुक्त राष्ट्र संघले यसले शिक्षा व्यवस्थामा अभूतपूर्व समस्या निम्त्याएको भन्दै चिन्ता जनाएको छ ।
यो ईतिहासमा कहिल्यै नभएको शैक्षिक क्षेत्रमा समस्या भएको छ । बालबालिका स्कुल जान पाएका छैनन, परीक्षाको तयारी गरीरहेका बिद्यार्थीहरु समस्यामा छन्, उनीहरुका बाबुआमाको रोजगारी गुमेको छ । पिटरसन ईन्सटीच्युट फर ईन्टरनेसनल ईकोनोमिक्सका सिनियर शोधकर्ता जैकब कर्केगार्डले न्यूयोर्क टाईम्ससगँ भनेका छन् ।
उनले ईतिहासमा विकसित देशमा यति लामो समय विद्यालय बन्द भएको कुनै दोस्रो उदाहरण नभएको पनि बताएको न्यूयोर्क टाईम्सले समाचार लेखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी