२२ वटा राष्ट्रिय गौरवका आयोजनालाई व्यवस्थित रुपले अघि बढाउन प्रधानमन्त्रीको निर्देशन, राष्ट्रिय योजनाको १५ औ योजना पारित

२२ वटा राष्ट्रिय गौरवका आयोजनालाई व्यवस्थित रुपले अघि बढाउन प्रधानमन्त्रीको निर्देशन, राष्ट्रिय योजनाको १५ औ योजना पारित

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं, फागुन १९ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५औं योजना पारित गरेको छ ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५औं योजनालाई पारित गरेको हो । १५औं योजनाको आधारपत्र भने गत वैशाख १७ गते पारित भएको थियो ।

१५औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्नेगरी २५ वर्षे दीर्घकालीन सोचसहितका कार्यक्रमहरु समावेश गरिएको छ ।

त्यस्तै, संविधानको पूर्ण कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि १५औं योजनाले गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्प कँडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका २२ ओटा आयोजनालाई व्यवस्थितरुपमा अगाडि बढाउन निर्देशन दिएको जानकारी दिए । मुलुकको समृद्धि र गरिबीको सूचकांकको दर घटाउने विषयमा छलफल भएको उनको भनाइ थियो ।

उपाध्यक्ष डा। कँडेलले रुपान्तरणकारी १८ ओटा परियोजना र ११७ ओटा प्रमुख कार्यक्रमलाई अगाडि बढाउन पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएको बताए । बैठकमा गरिबी र बेरोजगारी दर घटाउने खालका परियोजनाको बारेमा छलफल भएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी