टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ

टोखामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ

  • सोमवार, फाल्गुन १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 20.7K
    SHARES

काठमाडौँको उत्तरी क्षेत्रस्थित टोखा नगरपालिकामा ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरिएको छ ।

टोखाले नगरपालिकाभित्र रहेका सबै सामुदायिक ९सरकारी० विद्यालयका विद्यार्थीलाई निःशुल्क दिवाखाजा खुवाउने नीतिअनुसार आइतबारदेखि ‘मेयर दिवा खाजा कार्यक्रम’ शुभारम्भ गरेको हो । बौडेश्वर माध्यमिक विद्यालय झोरबाट शुरु भएको उक्त कार्यक्रम टोखाका आठवटै सामुदायिक विद्यालयमा शुरु गरिएको छ ।

टोखाभित्र झोर महाँकाल माध्यमिक विद्यालय ९मावि०, बौडेश्वर मावि, चण्डेश्वरी मावि, धापासी मावि, तिलिङ्गाटार मावि, सरस्वती मावि, जालपा मावि र मनोहर मावि रहेका छन् । उक्त सामुदायिक विद्यालयमा चार हजार ३०६ विद्यार्थी अध्ययनरत छन् ।

शुभारम्भ कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन ‘मेयर दिवा खाजा कार्यक्रम’ सञ्चालन गरेको बताउनुभयो । “पछिल्लो समय सरकारी विद्यालयप्रति विद्यार्थीको आकर्षण घट्दो क्रममा रहेको छ, त्यसलाई बढाउनका लागि हामीले उक्त कार्यक्रम सञ्चालनमा ल्याएका हौँ”, उहाँले भन्नुभयो ।

टोखा नगरपालिका शिक्षा शाखाका प्रमुख, उपसचिव बाबुराम गौतम ‘मेयर दिवा खाजा कार्यक्रम’का लागि नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा रु ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । “दैनिक एक विद्यार्थी बराबर रु २५ को खाजा वितरण गर्न लागेका छौँ”, उहाँले भन्नुभयो । दिवा खाजाका लागि नगरपालिकाले छुटाएको बजेट अपुग भएपछि थप्दै लैजाने गौतमको भनाइ छ ।

टोखा नगरपालिकामा हाल आठ सामुदायिक विद्यालय, ८१ निजी विद्यालय, तीन वैकल्पिक मावि र ३५ मन्टेश्वरी विद्यालय सञ्चालनमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी