क्रान्तिकारी माओवादी निकट विद्यार्थीद्धारा मुल्यवृद्धिको विरोधमा माईतीघरमा प्रदर्शन

क्रान्तिकारी माओवादी निकट विद्यार्थीद्धारा मुल्यवृद्धिको विरोधमा माईतीघरमा प्रदर्शन

  • आइतवार, फाल्गुन १८, २०७६
  • रनसुर महतरा

  • 10.8K
    SHARES

काठमाडौं, १८ फाल्गुन । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीले आईतबार काठमाडौमा मूल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा १० प्रतिशत विकास कर लगाउने बाहानामा पेट्रोलियम पदार्थको मूल्य बढाएर सम्पूर्ण उपभोग्यवस्तुमा मूल्य वृद्धि गर्ने तयारी गरेको भन्दै अखिल क्रान्तिकारीले काठमाडौंको माइतिघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

त्यसैगरी सरकारले कितावको आयातमा लगाएको करको पनि विरोध गरेका थिए ।

काठमाडौको माइतीघर मण्डलामा आयोजित विरोध कार्यक्रममा लिम्पियाधुरा–लिपुलेक–कालापानीमा भारतले गरेको हस्तक्षेपको विरुद्ध समेत प्रदर्शन गरेको थियो ।

माइतीघर मण्डलामा भएको विरोध कार्यक्रमलाई सम्बोधन गदै अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले सरकारले पेट्रोलियम पदार्थमा सामाजिक कर बढाउना साथ पेट्रोलियम पदार्थको मूल्य बढ्ने र त्यसले देशमा सगम्र उपभोग्य वस्तुको मूल्य वृद्धि हुने भएकोले तत्काल कर फिर्ता लिनु पर्नेमा जोड दिए ।

त्यसैगरी अध्यक्ष गजुरेलले सरकारले किताव आयातमा कर लगाउँदा त्यसको सोझो असर विद्यार्थीमा पर्ने र पुस्तकको शुल्क बढाइ विद्यार्थीलाई महंगीको मारमा पार्ने सरकारको तयारी रहेको भन्दै किताव आयात कर पनि फिर्ता लिन माग गरेका थिए ।

कार्यक्रमलाई अखिल क्रान्तिकारीका उपाध्यक्ष शिलु न्यौपानेले पनि सम्बोेधन गरेकी थिइन् । कार्यक्रमको सञ्चालन महासचिव पेशल दाहालले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी