पाँच लाख लिएर फिल्म नखेलेको भन्दै नायक अनमोल केसी विरुद्ध उजुरी

पाँच लाख लिएर फिल्म नखेलेको भन्दै नायक अनमोल केसी विरुद्ध उजुरी

  • आइतवार, फाल्गुन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 22.6K
    SHARES

काठमाडौं । अभिनेता अनमोल केसीविरुद्ध महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा उजुरी परेको छ ।

चलचित्र खेल्ने भनेर पेस्की लिएको तर चलचित्र नखेलेको भन्दै निर्माता द्धय जयन श्रेष्ठ र रुपेश खड्गीले अनमोलविरुद्ध कारवाहीको मागसहित गत साता नै उजुरी हालेका हुन् ।

अभिनेता अनमोल केसी यतिबेला नयाँ चलचित्रको छायांकनका लागि पोखरामा छन् । शुक्रबार मात्र उनी चलचित्र ‘ए मेरो हजुर—४’ को छायांकनका लागि पोखरा गएका हुन् ।

उनी पोखरा गएपछि निर्माता जयन श्रेष्ठले कारबाहीका लागि प्रहरीलाई थप अनुरोध गरेका हुन् ।

जयन र रुपेशले निर्माण गर्ने भनिएको चलचित्र ‘धुपौरे’ लागि अभिनेता अनमोल केसी ४० लाख पारिश्रमिकमा गत ३ असोजमा अनुबन्धित भएका थिए ।

मंसिरबाट छायांकन सुरु गर्ने भनिएको चलचित्रको स्कृप्ट चित नबुझेपछि अनमोलले ‘धुपौरे’ खेलेनन् ।

फिल्मको स्कृप्ट परिमार्जन गरेको खण्डमा मात्र काम गर्ने अनमोलले बताए ।

त्यसपछि अनमोल अन्य दुईवटा सिनेमा ‘ए मेरो हजुर—४’ र ‘पारस’ मा अनुबन्धित भइसकेका छन् ।

चलचित्रका लागि ५ लाख रुपैयाँ पेस्की लिएर फिल्मको काम पनि सुरु नगरेको र अन्य सिनेमामा धमाधम काम सुरु गरेको भन्दै ‘धुपौरे’का निर्माताले अनमोलविरुद्ध उजुरी दिएका छन् ।

अनमोलले समयमै काम नगर्दा आफूहरुलाई करिब ३० लाख रुपैयाँ घाटा भएको यी निर्माताको भनाइ छ ।

साम्तेन भुटियाले निर्देशन गर्ने भनिएको चलचित्र ‘धुपौरे’को स्कृप्टकै कारण अनमोलले नखेलेपछि सो चलचित्रको काम रोकिएको छ । यता प्रहरीले दुबै पक्षलाई छलफलमा बोलाउने बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी