कञ्चनजंगा माविको विद्यार्थी विदाई कार्यक्रम सम्पन्न

कञ्चनजंगा माविको विद्यार्थी विदाई कार्यक्रम सम्पन्न

  • आइतवार, फाल्गुन १८, २०७६
  • राहुल गुप्ता

  • 8.8K
    SHARES

वीरगंज, १७ फागुन । वीरगंज महानगरपालिका वडा नं ७ मा रहेको कञ्चनजंगा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
सो विद्यालयका कक्षा ९ का विद्यार्थीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी कक्षा १० का विद्यार्थीहरुलाई भव्य रुफमा सम्मान तथा बिदाई गरेका हुन् ।
सो कार्यक्रम स्कुलका निर्देशक मार्टिन मोत्तानको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका शिक्षा शाखा प्रमुख अरबिन्दलाल कर्ण रहेका थिए । सो कार्यक्रमको प्रमुख अतिथि कर्णले पानसमा द्विप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुद्वारा विभिन्न कार्यक्रमको आयोजना गर्नुको साथै नृत्य, संगीत तथा मिस्टर मिस कञ्चनजंगा २०७६ को समेत प्रस्तुती गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी