विवाहमा सुन किन्ने रकमबाट अक्षयकोष

विवाहमा सुन किन्ने रकमबाट अक्षयकोष

  • आइतवार, फाल्गुन १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला गाउँपालिका–७ रेशस्थित रेश नुन्थला माध्यमिक बिद्यालयमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गरेका हुन् ।
विवाहमा सुन किन्दा लाग्ने खर्च कटाइ पिता चन्द्रप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गरेको सोही विद्यालयमा पूर्वशिक्षकसमेत रहेका गौतमले जानकारी दिनुभयो । शर्मा युवासङ्घको नेतृ हुनुहुन्छ । “हामीले राम्रो कामको शुरुआत आफैँबाट गर्नुपर्छ”, शर्माले भन्नुभयो, “भड्किलो विवाहको अन्त्यका लागि समाजमा सकरात्मक सन्देश दिन खोजेका हौँ ।”
सो विद्यालयको ६४औँ वार्षिकोत्सब तथा अभिभावक दिवसको अवसरमा कोषबाट वार्षिक छात्रवृत्ति प्रदान गरिनेछ । कक्षा ११ , माध्यामिक शिक्षा परीक्षा ९एसइई० का परीक्षामा सर्वोत्कृष्ट जीपीए हासिल गर्ने तथा मावि तह, आधारभूत, प्राथमिक र पूर्वप्राथमिक तहका गरिब, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसका साथै वर्ष शिक्षकसमेत छनोट गरेर पुरस्कृत गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी