समृद्धि ल्याउन शिक्षामा सुधार आवश्यक: डा कोइराला

समृद्धि ल्याउन शिक्षामा सुधार आवश्यक: डा कोइराला

  • शनिबार, फाल्गुन १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

विराटनगर, १७ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारी विद्यालयको गुणस्तर सुधार नगरेसम्म देशमा समृद्धि नआउने बताउनुभएको छ ।

मोरङको बरगाछीस्थित गोग्राहा माध्यमिक विधालय विराटनगरमा आज आयोजित पूर्वविधार्थी भेलामा उहाँले शिक्षाको विकास नगरी देशमा सोचे अनुसारको सफलता हासिल नहुने कुरामा जोड दिनुभयो । उहाँले समृद्धिको यात्रामा सरकारले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन आमूल परिवर्तन गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

भेलामा विद्यालयले पूर्वप्रधानाध्यापक सुश्री मीना जोशी, ज्ञानबहादुर बुढाथोकी र दुखाराम गच्छदारलाई सम्मान गरेको थियो । भेलाले पूर्वविद्यार्थी शेखर रेग्मीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । विद्यालय विसं २००९ मा स्थापना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी