वालुवाटार घेर्न खुमलटारदेखि भैँसेपाटी सम्मको त्यो रिहर्सल

वालुवाटार घेर्न खुमलटारदेखि भैँसेपाटी सम्मको त्यो रिहर्सल

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • एन्डीज शर्मा

  • 6.5K
    SHARES

पहिला लाजिम्पाटमा देशका महत्वपूर्ण राजनीतिक घटनाक्रमका बारेमा पूर्व छलफल र निर्णयहरु हुन्थे , त्यो भनेको प्रचण्ड निवास थियो । तर अहिले त्यो निवास लाजिम्पाटबाट खुमलटार सरेको छ अर्थात प्रचण्ड त्याहाँ बस्छन् ।
१० वर्ष लामो शसस्त्र युद्धको नेतृत्व गरेर आएका तीनै प्रचण्डले एमालेसगँ पार्टी मिलाए पछि अहिले फेरी उनी अर्को खुमलटार केन्द्र बनेका छन् । अर्थात उनले बालुवाटारमा बस्ने पार्टीका टावर लिडर प्रधानमन्त्री केपी शर्माओलीमाथि दवाव बनाउन, आफ्नो निर्णयहरु लागू गराउन खुमलटारमा बैठक र भेटघाट बाक्लो बनाउने गरेका छन् ।
बुधबार वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने प्रस्ताव पारित गराउनु अघि पनि यही खुमलटारमा पूर्व प्रधानमन्त्रीद्धय माधव कुमार नेपाल, झलनाथ खनाल, लगायतकाको जमघट भएको थियो । त्यस्तै जमघट अग्नी सापकोटालाई सभामुख बनाउनु पूर्व पनि खुमलटारले गरेको थियो , जुन लागू भएरै छाड्यो ।

त्यस पछि बालुवाटार स्थित सरकारी केन्द्र समेत रहेको प्रधानमन्त्री निवासमा ओलीले केही नेताहरुसगँ निरन्तर छलफल गरीरहेका छन् । यति सम्म कि आफ्नै राजीनामा मागिरहेको प्रतिपक्षी नेपाली काग्रेका नेतालाई समेत त्याहाँ डेढ घण्टा समय दिएर छलफल गरियो । वालुवाटारको यो जबरजस्त केन्द्रलाई अनौपचारीक रुपमा सहयोग राष्ट्रपति कार्यलयबाट पनि हुने गरेको चर्चा चल्ने गर्दछ । अर्थात केही समय अघि सभामुखका बिषयमा राष्ट्रपति कार्यलयको पनि चासो रहेको भनेर आएको थियो ।

खुमलटार पछि अर्को केन्द्र बन्दै गएको छ भैसेपाटी अर्थात वामदेव गौतम निवास । भैसेपार्टी पनि कम शक्तिशाली छैन । नवौँ. महाधिवेशनमा माधव कुमार नेपाल विरुद्ध केपी ओलीलाई जिताउने रणनीतिक सहमति यसै निवासमा भएको थियो । तर त्यो सहमति पछि पार्टी अध्यक्ष र प्रधानमन्त्री सम्म पाएका तिनै ओलीले अहिले गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने , प्रधानमन्त्री बन्न बाटो खोल्ने कामलाई समेत चूनौती दिन थालेका छन् ।
यति सम्म कि बुधबार निर्णय भएको केही घण्टा पनि बित्न नपाउदै ओलीले त्यो म मान्दै मान्दिन, वामदेव हैन युवराज खतिवडा नै राष्ट्रिय सभामा निरन्तर रहनु हुन्छ भने पछि विवादले नयाँ रुप लियो ।
त्यही भैसेपाटी केन्द्रमा प्रचण्ड, नेपाल, खनाल सहितका नेताको जमघट पछि ओलीको चित्त निकै दुखेको बुझिन्छ । अहिले राष्ट्रिय सभा सदस्य हुने नहुने, संविधान ससोधन गर्ने विषयमा विवादको रुप लिए पछि भैसेपाटी पनि निकै चिन्तत भएको देखिन्छ । अर्थात वामदेव गौतम पनि निकै सकसमा छन् ।
त्यस पछि बालुवाटार स्थित सरकारी केन्द्र समेत रहेको प्रधानमन्त्री निवासमा ओलीले केही नेताहरुसगँ निरन्तर छलफल गरीरहेका छन् । यति सम्म कि आफ्नै राजीनामा मागिरहेको प्रतिपक्षी नेपाली काग्रेका नेतालाई समेत त्याहाँ डेढ घण्टा समय दिएर छलफल गरियो ।
वालुवाटारको यो जबरजस्त केन्द्रलाई अनौपचारीक रुपमा सहयोग राष्ट्रपति कार्यलयबाट पनि हुने गरेको चर्चा चल्ने गर्दछ । अर्थात केही समय अघि सभामुखका बिषयमा राष्ट्रपति कार्यलयको पनि चासो रहेको भनेर आएको थियो ।

खुमलटारमा शुक्रबार मात्रै पनि प्रचण्ड, नेपाल र खनाल बसेर राष्ट्रिय सभामा वामदेवलाई नै पठाउन पुनः जोड दिएको बुझिन्छ । यो छलफल सकेर चितवन पुगेका प्रचण्डले फेरी दोहोर्याएका छन् सचिवालयको निर्णय कार्यन्वयन हुन्छ, प्रधानमन्त्रीले मान्नु हुन्छ, वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्नु हुन्छ ।
यता ओलीले यही फागुण २१ गते पद सकिन लागेका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने आस्वासन दिएको बताईन्छ ।
यस्तो स्थितिमा पार्टीको निर्णयका नाममा बालुवाटारलाई घेर्ने र दवावा राख्ने खुमलटार र भैसेपाटीको रिहर्सलले काम देला नदेला त्यो हेर्न फागुण २१ गते सम्म कुर्नु पर्ने हुन्छ । यो रिहर्सलमा बालुवाटार केन्द्रको नजिक मानिने विष्णु पौडेल पनि सदस्य भएको गुनासो आए पछि भने ओली अझ संकटमा परेको टिप्पणीहरु पनि नभएका हैनन् । तर उनी पनि गलिहाल्ने मानसिकतामा भने देखिदैनन् । किन भने यत्रो चौतर्फी आलोचना र विरोधका बाबजुद गोकुल बास्कोटाको रक्षामा बिहिबार कस्सिनुले त्यो संकेत दिन्छ ।
तर यो रिहर्सल र झडपहरुको संकेत भनेको नेकपाभित्र अर्को आधी र तुफानकै संकेत हो । जसले सरकार ढल्ने, पार्टी विभाजन हुने जस्ता यावत अनुमानहरुलाई सतहमा जन्माउन थालिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी