सप्तकोशी नदीमा फेरि जेटबोट सञ्चालन

सप्तकोशी नदीमा फेरि जेटबोट सञ्चालन

  • बिहिबार, फाल्गुन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

भोजपुर, फागुन १५ ।
स्थानीयवासीबाट सुरक्षा खतरा बढेको भन्दै सप्तकोशी नदीमा बन्द भएको जल यातायातको रूपमा सञ्चालित जेटबोट (पानी जहाज) फेरि सञ्चालनमा आएको छ ।

स्थानीयवासीले राखेको रोजगारी र भाडामा सहुलियतको माग पूरा हुने भएपछि साना पानी जहाज सञ्चालनमा आएको हो । सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्स्पोर्टेशन प्रालीका सञ्चालक राजेन्द्र कार्कीका अनुसार नयाँ सहमतिअनुसार चतराबाट धनकुटाको साँघुरीगढी गाउँपालिकाको सङ्खुवासम्मको भाडा तीन सयबाट घटाएर दुई सय ५० कायम गरिएको छ ।

त्यस्तै चतराबाट शहीदभूमि गाउँपालिकाको त्रिवेणीसम्मको भाडा तीन सय ५० बाट तीन सय, चतराबाट हुतवागढी ९ हसनपुरको सिम्लेरहलेदे नदी किनार आसपासका स्थानीयको भाडा चार सय कायम गरिएको छ ।

अन्य क्षेत्रबाट आउने यात्रुको भाडा भने पहिलाकै यथावत् राखिएको छ । स्थानीयवासीले विभिन्न माग राख्दै जेटबोट सञ्चालनमा अवरोध गरेपछि झण्डै एक हप्तादेखि सेवा बन्द भएको थियो । स्थानीयवासीसँग सहमति भएपछि गएको सोमबारबाट नियमित सेवा सञ्चालनमा आएको हो ।
सप्तकोशी नदीमा चार वटा कम्पनीका सात वटा जेटबोट सञ्चालनमा छन् । यो ठाउँमा बिहान ७ बजेबाट साँझ ५ बजेसम्म प्रहरी चेक पोस्ट रहने सहमतिसमेत भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ