पियुको कार्यालय गोठगाउँमा सर्ने निश्चित

पियुको कार्यालय गोठगाउँमा सर्ने निश्चित

  • बिहिबार, फाल्गुन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

वर्षौंदेखि आफ्नो भवन तथा पूर्वाधार हुँदासमेत विराटनगरमा रहँदै आएको पूर्वाञ्चल विश्वविद्यालय ९पियु० को कार्यालय मोरङको सुन्दरहरैँचास्थित गोठगाउँमा आउने निश्चित भएको छ । विश्वविद्यालयको कानून संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा बुधबार पास भएपछि विश्वविद्यालयको प्रशासनिक काम अब गोठगाउँबाटै हुने निश्चित भएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७५ माथि छलफल गरियोस् भनी प्रस्तुत गरेको विधेयक पारित भएको हो ।

सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँमा पर्याप्त पूर्वाधार भएर पनि वर्षौं पहिलेदेखि विश्वविद्यालयको प्रशासनिक तथा अन्य काम विराटनगरबाट सञ्चालन भइरहेको थियो । त्यस विषयमा गोठगाउँबाटै सबै काम हुनुपर्ने माग गर्दै स्थानीयवासीले विगतदेखि पटकपटक आन्दोलन गर्दै आएका थिए ।

गोठगाउँबाटै प्रशासनिक काम सञ्चालन हुने भएपछि स्थानीयवासी पनि खुशी भएका छन् । खुशियालीमा विश्वविद्यालय परिसरमा बुधबार साँझ दीपावली गरिएको छ । सुन्दरहरैँचाका प्रमुख शिव ढकाल, उपप्रमुख धना तामाङ, नेकपा सुन्दरहरैँचाका अध्यक्ष केदार गुरागाईं, कोशीहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंलगायत राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सर्वसाधारणको सहभागितामा बेलुका दीपावली गरेर सो निर्णयको स्वागत गरिएको थियो ।

विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ सार्न लामो समयदेखि पहल हुँदै आएको थियो । विभिन्न समिति बनेर सङ्घर्ष हुँदै आएको भए पनि विश्वविद्यालयका पदाधिकारीले विराटनगर छाड्न चासो नदेखाएको बताइएको थियो ।

पछिल्लो समय सुन्दरहरैँचाका प्रमुख ढकालले सो विषयमा पहल लिनुभएको थियो । उहाँले विश्वविद्यालयको मुख्य कार्यालय गोठगाउँ नै राख्नुपर्ने माग गर्दै मोरङका सबै पालिकाको हस्ताक्षरसमेत सङ्कलन गर्नुभएको थियो । उहाँले धेरै समय अघिदेखि सङ्घर्ष गर्दै आएको काम सफल भएकामा खुशीसमेत व्यक्त गर्नुभयो ।

अहिलेको नेकपाको सरकारसमेत विश्वविद्यालयलाई गोठगाउँमै केन्द्रित गर्न सकारात्मक बनेको तथा अहिलेका शिक्षामन्त्रीसमेत यस विषयमा सकारात्मक भएका कारण पनि यो विषयले प्राथमिकता पाएको बताइएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी