उमेरले ७६ बर्षको नजिक पुगेका छन् वामदेव गौतम तैपनि शारीरीक रुपमा हट्टा कट्टा छन् । कम्युनिष्ट आन्दोलनमा लाखेको पनि दशकौ भयो । उनी भन्दा जुनियर या समकालीन नेताहरु सबै प्रधानमन्त्री भए । उमेर पनि ढल्किदै गएको , एउटै पार्टीका अन्य आफ्नै स्तरका साथीहरु पटक पटक प्रधानमन्त्री भईसकेको र अब म पनि बन्छु र मेरो पालो हो भनेर गौतमले खुलेर माग गर्दै आएका छन् ।
तर दुर्भाग्य उनी ०७४ सालको निर्वाचनमा माओवादी र एमाले समेत मिलेको अवस्थामा समेत पराजीत भए वा बनाईए । ६४ सालको निर्वाचनमा पनि उनी माओवादीलाई शान्ति सम्झौतामा ल्याउन रोल्पातिर ज्यानको जोखिम लगाएर धाएका थिए ।
राष्ट्रियताको पक्षमा पनि अब्बल मानिने तिनै गौतम हुन् जो नेपाल भारतको सिमानामा पर्खाल वा काडेतार लगाउनु पर्छ भनेर सार्वजनिक रुपमै बोल्ने गरेका छन् । उनले महाकाली सन्धिको विरोध गरेर ५४ सालमा एमाले फुटाएर माले बनाएका थिए । तर ५६ सालको निर्वाचनमा पार्टीले एक सिट पनि जित्न नसके पछि उनी फेरी एमालेमा फर्किएका थिए । त्यतिबेलै देखि झापा आन्दोलनका हस्ती सिपी मैनाली भने एमालेमा नफर्कि त्यही माले पार्टी चलाएर बसिरहेका छन् ।
त्यस पछि गौतम पार्टीको उपाध्यक्ष सम्म भएका छन् । उपप्रधानमन्त्री पनि भएका छन् । तर न पार्टी अध्यक्ष हुन सकेका छन् न त प्रधानमन्त्री नै । अर्थात उनी न पार्टी न सरकार काहँँी पनि फस्र्ट पोजिसनमा आउन सकेका छैनन् ।
एमाले र माओवादी मिलाउन निकै ठूलो भूमिका खेलेका तिनै गौतमलाई पहिला पार्टी अध्यक्ष बन्नु अघि आउने महाधिवेशनमा अध्यक्ष तपाई बन्ने भनेर केपी ओलीले आस्वासन दिएको, फेरी पछिल्लो समय आफूलाई निकट र विस्वासीले मान्ने प्रचण्डले पनि अबको प्रधानमन्त्री तपाई भनिदिएका कारण गौतमले खुलेर त्यसका लागि बोल्ने गरेका थिए । त्यसैले उनलाई पार्टीको विधानै फेरेर भए पनि उपाध्यक्ष बनाईयो ।
अहिले एकातिर स्थिर सरकार दिने पाचँ बर्ष सम्म केपी ओली नै प्रधानमन्त्री रहने भनेर प्रचण्डले समेत आधा आधा कार्यकाल गर्ने सम्झौता पालना नगरेको स्थिति,अर्कोतिर सवैधानिक प्रावधान अनुसार प्रतिनिधि सभामा प्रत्यक्ष रुपमा जितेको व्यक्ति प्रधानमन्त्री बन्नु पर्ने भन्ने व्यवस्था भएको अवस्थामा गौतमले आफू प्रधानमन्त्री हुनका लागि लविगं गर्नु या संविधान ससोधन नै गरेर भए पनि राष्ट्रिय सभामा सदस्य भएर अनि प्रधानमन्त्री बन्नलाई कार्यदल नै बनाउनुले गौतमको त्यो छवि झन धमिलो मात्र भएन कि नेकपामाथि नै नैतिक संकटको अर्को भारी थपिएको छ ।
यस अघि प्रत्यक्ष रुपमा जितेका उपत्यकाका रामबीर मानन्धरले राजीनामा दिएर त्यस ठाँउमा गौतमलाई जिताउने भन्ने हल्लाले आलोचनाकै भारी थप्यो । त्यस पछि डोल्पामा अर्को प्रयास भयो त्यसले पनि आलोचनाकै झोला भिरायो । त्यो भए पछि त पोखरामा रवीन्द्र अधिकारीको मृत्यु पछि गौतमले लिन्छन् कि भन्ने थियो , तर गौतमले चासै दिएनन् । त्यस पछि शुरु भएको हो राष्ट्रिय सभा सदस्यको फण्डा । राष्ट्रिय सभामा जान पनि उनलाई तीनै ओली र प्रचण्डले अफर गरेका थिए , जसका लागि उनले सविधान शसोधन र प्रधानमन्त्री हुने व्यवस्था भएमा भन्ने शर्त राखे र त्यही शर्त अनुसार कार्यदल त नेकपाले बनायो तर त्यो अस्पष्ट, अधुरो र जनताले रुचाएको बिषय बन्न सकेन र विवादमा पर्यो ।
अहिले एकातिर स्थिर सरकार दिने पाचँ बर्ष सम्म केपी ओली नै प्रधानमन्त्री रहने भनेर प्रचण्डले समेत आधा आधा कार्यकाल गर्ने सम्झौता पालना नगरेको स्थिति,अर्कोतिर सवैधानिक प्रावधान अनुसार प्रतिनिधि सभामा प्रत्यक्ष रुपमा जितेको व्यक्ति प्रधानमन्त्री बन्नु पर्ने भन्ने व्यवस्था भएको अवस्थामा गौतमले आफू प्रधानमन्त्री हुनका लागि लविगं गर्नु या संविधान ससोधन नै गरेर भए पनि राष्ट्रिय सभामा सदस्य भएर अनि प्रधानमन्त्री बन्नलाई कार्यदल नै बनाउनुले गौतमको त्यो छवि झन धमिलो मात्र भएन कि नेकपामाथि नै नैतिक संकटको अर्को भारी थपिएको छ ।
मधेशमा सविधान शसोधनका लागि ठूलो आन्दोलन भयो । दर्जनौ मानिस मारिए । मधेशी पार्टीहरुसँग सरकारले पटक पटक गरेको सम्झौता अनुसार संविधान ससोधन गर्न नसकेको नेकपा नेतृत्वको सरकारले आफ्नै पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन सविधान ससोधन गर्न माधव नेपाल नेतृत्वमा कार्यदल बनाए पछि त झन सार्वजनिक आलोचना र पार्टी भित्रै विवादले उग्र रुप लिएको छ ।
यसले पनि बामदेव गौतमको संग्लो छवि धुमिलिने दिशातिर जाँदैछ । हो , नेकपाले चाहँदा सविधान ससोधन गरेर अघि जान सक्ने हैसियत राख्ला तर त्यो सविधान ससोधन देशको शासन पद्धति व्यवस्था, जनताको मुद्धामा केन्द्रीत गरेर गएको भए राम्रो हुन्थ्यो होला । अझ सविधान शसोधनको ड्राफ्ट नै कार्यदल सयोजक माधव कुमार नेपाललाई ईमेल गरेको कुरा पनि सार्वजनिक हुनु भनेको तपाईको रणनीतिमा मुखले साथ दिने देखिए पनि ब्यबारमा तपाईलाई कमजोर पार्ने यो अर्को प्रयत्न हो भन्ने देखिन्छ नि कमरेड ।
तर यो विवाद पछि शायद नेकपाले यो प्रकृया अघि बढाउन मुस्किल पर्ला, त्यस पछि त तत्कालका लागि प्रधानमन्त्री बन्ने बामदेव गौतमको धोको ः उही पानीको फोको सरह हुने निश्चित देखिन्छ ।