अखिल(क्रान्तिकारी)द्धारा आज आम शैक्षिक हड्तालः स्कुल-कलेज बन्द, अवज्ञा नगर्न आग्रह

अखिल(क्रान्तिकारी)द्धारा आज आम शैक्षिक हड्तालः स्कुल-कलेज बन्द, अवज्ञा नगर्न आग्रह

  • बुधबार, फाल्गुन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, १४ फागुन ।
अखिल (क्रान्तिकारी) आज आम शैक्षिक हड्ताल आह्वान गरेको छ । गिरफ्तार आफ्ना नेताकार्यकर्ताको रिहाई तथा संगठनमाथि लगाईएको अघोषित प्रतिबन्ध फुकुवा गर्न माग गर्दै अखिल क्रान्तिकारीले आज आम शैक्षीक हड्तालको आह्वान गरेको हो ।
हडतालका कारण बिहानी शत्रमा सन्चालन हुने कलेज तथा बिद्यालयहरु पनि ठप्प छन् भने दिउसाँे लाग्ने शैक्षीक सस्थाहरुपनि सन्चालनमा नआउने भन्दै बिद्यालयहरुले अविभावकलाई जानकारी गराएका छन्।
नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) माथि प्रहरी चर्को दमन गर्दै उसका नेताहरु गिरफ्तार गर्दै झुठा मुद्दामा फसाउने षड्यन्त्र भएपछि सो संगठनल यसअघि नैे फागुन १४ गते आम शैक्षिक हड्तालसहितका संघर्षको घोषणा गरेकोथियो । संघर्षका कार्यक्रमहरुअन्तर्गत मंगलवार साझ देशभर मशाल जुलुश निकालिएको थियो ।
अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष रुद्र भट्टराईले आजको आम शैक्षीक हड्ताल सफल पारीदीन शैक्षीक क्षेत्रमासम्बद्ध सबैलाईआग्रह गरेका छन् । उनले सरकारले वाक् स्वतन्त्रता र युवा विद्यार्थीहरुको शान्तिपूर्ण रुपमा शैक्षिक संस्थाहरुमा गएर पढ्न पाउने अधिकारलाई समेत कुण्ठित गरी विद्यार्थीहरुलाई शैक्षिक संस्थाहरुमा अध्ययन गरिरहेको अवस्थामा समेत गिरप्तार गरिरहेको भन्दै बन्दको अवज्ञा नगर्न पनिआग्रह गरेका छन् । साथै उनलेगिरफ्तार संगठनका सबैनेता कार्यकर्तालाई तत्काल रिहागर्नपनि माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी