इटहरी, १३ फागुन । अखिल (क्रान्तिकारी)ले संगठनका नेता कार्यकर्ता गिरफ्तारको विरोध र शैक्षीक हड्तालको पूर्वसन्ध्यामा उपत्यकासहित देशभर आज साँझ मसाल जुलुस निकालेको छ ।
संगठनका केन्द्रीय कोषाध्यक्षसहितका दर्जनबढी विद्यार्थी नेता कार्यकर्तालाई विभिन्न स्थानबाट फरक मितिमा गिरफ्तार गरि हिरासतमा राखेर झुठा मुद्धा लगाएको भन्दै अखिल (क्रान्तिकारी)ले सबैको निसर्त तत्काल रिहाईको माग गर्दै भोली फागुन १४ गते शैक्षिक हड्तालको आह्वान गरेको छ ।
यसैक्रममा अखिल (क्रान्तिकारी) मेची–कोशी क्षेत्रीय समन्वय समिती अन्तर्गत झापा, मोरङ, सुनसरी लगायतका विभिन्न जिल्लाहरुमा बिद्यार्थी नेताहरुको रिहाई तथा संगठनमाथि लगाईएको अघोषित प्रतिबन्ध खारेज गर्न माग गर्दै साझ मसाल बालेको छ ।
केन्द्रिय समितिद्वारा पुर्वघोषित कार्यक्रम अनुसार आज मसाल जुलुस निकालेका हुन् । मसाल जुलुका क्रममा बिद्यार्थीहरुमाथि गरिएको धरपकड बन्द गर्न माग गर्दै नारा समेत लगाएका थिए ।
हाल संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकसहित दर्जन बढी बिद्यार्थी नेता कार्यकर्ता गिरफ्तार परेका छन् । आज मात्रै केन््रीय अध्यक्ष चिरन्जीवी ढकाल भने काठमाडौं जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट पाँच हजार धरौटीमा रिहा भएका छन् ।