बुटवल, ११ फागुन । सामाजिक क्षेत्रमा क्रियाशिल राउन्ड टेवल नेपाल २८ ले देवदह नगरपालिका वडा नं. ६ मा रहेको श्री साईबाबा विद्यापिठमा मा थप भवन निर्माण गरिदिने भएको छ । विगत लामो समय देखि सञ्चालन हुदै आएको विद्यापिठमा संस्थाले थप ३ वटा कक्षाकोठा निर्माण गरिदिने भएको हो ।
नयाँ निर्माण गरिने कक्षा कोठा भवननको आईतबार एक कार्यक्रमको आयोजना गरी शिलन्यास गरिएको छ । देवदह नगरपालिकाको वडा नंं. ६ वडा अध्यक्ष दामोदर क्षेत्री र बुटवल टाईगर्स राउन्ड टेवल २८ का अध्यक्ष आशिष श्रेष्ठले कक्षा कोठा भवनको शिलन्यास गरेका हुन ।
कार्यक्रममा शैक्षिक क्षेत्रमा शिलन्यास कार्यक्रममा विद्यापिठका अध्यक्ष रामचन्द्र पौडेल, प्रधानाध्यापक रामशरण यादव तथा राउन्ड टेवलका सदस्यहरुको उपस्थितीमा गरिएको थियो । संस्थाका कार्यक्रम संयोजक प्रदिप शाक्यका अनुसार करिव ९ लाख लागतमा उक्त कक्षाकोठा निर्माण गरिने छ । ‘शिक्षा मार्फत स्वतन्त्रता’ कार्यक्रम परियोजना अनुसार भवन निर्माण गर्न लागिएको हो ।
‘बुटवल टाईगर्स राउन्ड टेवल २८’ संस्थाले विगत लामो समय देखि विभिन्न सामाजिक सेवाका काम गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत विभिन्न समयमा सहयोग तथा उत्तरदायित्व अनर्तगतगका कार्यक्रम गर्दै आएको छ ।
संस्थाले आगामी शनिवार बुटवममा ‘ट्रेजर क्वोष्ट’ नामक वृहत कार्यक्रम गर्न लागेको छ । जसमा विभिन्न प्रकृतिका पजल्स लगायत ईक्वीसनहरुको सलुसन गर्न सक्ने व्याक्तिको छनौट गरिने छ । दिमागी र शक्तिको खेलको रुपमा रहेको यो कार्यक्रम बुटवलमा पहिलो पटक गर्न लागिएको हो ।