प्रधानमन्त्री महोद्धय , उमेर ७० को छेउ पुगेका बेला । आफ्नै जन्म घरमा जन्मदिन मनाउन चाहने तपाईको ईच्छालाई अस्वभाविक मान्न सकिदैन । ठीक छ तपाईले हेलिकप्टर पनि चार्टर गर्नु भयो तेह्रथुम आठराईका लागि । दुई चार लाख रुपैया जनताको राजस्वबाट खर्च भयो । देशका कार्यकारी प्रमुखका लागि त्यो पनि मंहगो भएन । त्यसको मुल्य भनेको जन्मेर, हुर्केर,पढेर बढेर गाँउ छाडेर, बसाँई सरेर दुर्गम क्षेत्रहरु खाली हुदै गएका बेला तपाईको कदम ठीकै मान्न सकिएला । तर सबै भन्दा जनताको दिमागमा पैदा भएको शशय चाहँी ६९ औं जन्म दिनमा काटिएको केकको हो ।
यो कसैले तयार पारिदिएको अचम्मको कृेकमा नेपालको नक्साकृति दिईयो । त्यसै नक्सामा पनि लिम्पियाधुरा,लिपुलेक र कालापानी विनाको । जनताको प्राण भन्दा प्यारो देशको नक्सामा स्टीलको चक्कुले काटेर ह्यापी बर्थडे भन्दा तपाईको मन भित्र के कुराको सम्झना आयो होला ? यो त हामीले जान्ने कुरा भएन जबसम्म तपाईले भन्नु हुन्न । तर त्यो दृष्य लाई सामाजिक सञ्जालका माध्यमबाट देखेकाहरुले सकारात्मक रुपमा लिन सकेनन् ।
जनताले चाहेका थिए सरकारले ६० बर्षदेखि भारतले खाएको देशको भूभाग फिर्ता गर्यो , कालापानीबाट भारतीय सेना फिर्ता गर्यो , नेपालको पूरै भूभाग फिर्ता गर्यो , सिमानामा तारबार सहितको रक्षा गर्न सक्यो भन्ने समाचार आओस् , तर यहाँ त देशकै नक्साको केक खाईयो भनेर ब्यग्य विरोध पो आउन थाल्यो एकाएक । यो शुभ संकेत हैन ।
जनताले चाहेका थिए सरकारले ६० बर्षदेखि भारतले खाएको देशको भूभाग फिर्ता गर्यो , कालापानीबाट भारतीय सेना फिर्ता गर्यो , नेपालको पूरै भूभाग फिर्ता गर्यो , सिमानामा तारबार सहितको रक्षा गर्न सक्यो भन्ने समाचार आओस् , तर यहाँ त देशकै नक्साको केक खाईयो भनेर ब्यग्य विरोध पो आउन थाल्यो एकाएक । यो शुभ संकेत हैन । देशका लागि र स्वयं राजकाज चलाउनेका लागि पनि ।
तपाईले नाकाबन्दीका बेला ०७२ सालमा भारत विरुद्ध देखाएको स्वाभिमानका कारण जनताको तपाईप्रतिको सम्मान बढेको थियो । तर गोकुल बास्कोटाको ७० करोड काण्ड र अरु विभिन्न घटनाक्रमले तपाईसगँ जनता विस्तारै असन्तुष्ट हुदै गएका बेला केक फेरी असन्तुष्टीको अर्को पोको बनेर आएको छ ।
अहिले सामाजिक सञ्जालमा निकै भाईरल जस्तो देखिने यो केक कटाईको तस्वीरले अर्को आलोचनाको भारी किन बोकायो तपाईलाई ? यस्ता प्रश्नलाई बिरोधीको हर्कत र सरकार ढाल्ने षड्यन्त्रसगँ तपाईले कदापी जोड्न पाउनु हुन्न । किन भने जनता देशको स्थायी शक्ति र जग हो । जनताले आफै मत दिएर निर्वाचित गरेको सरकारमाथि प्रश्न उठाउने, माग राख्ने र असन्तुष्टी पोख्ने अधिकार छ ।
अब जनताले आफ्नो बिचार मार्फत तपाईसगँ जान्न चाहेको कुराचाहीँ भारतले आफ्नो राजनीतिक नक्सामा नेपालको कालापानी लिपुलेक र लिम्पियाधुरा राखेको छ , त्यो कहिले हट्छ ? कालापानीमा ६० बर्षदेखि भारतीय फौजले कब्जा गरेर बसेको जमिन कहिले खाली हुन्छ ? नेपालले कालापानी र लिपुलेक लिम्पियाधुरा सहितको नक्सा कहिले ल्याउछ ? तपाईहरुले बनाउनु भएको तीन महिने अध्ययन समिति कता गयो ?
पहिला महाकाली सन्धि हुने बेला ५४ सालमा तपाईलाई याद छ के भन्नु भएको थियो ? अहिले नेपालमा सूर्य पश्चिमबाट उदाउदै छ त ? त्यसो हो भने हामी सुदुरपूर्व ईलामको सन्दकपुर किन जानु पर्यो दार्चुलै जादाँ पनि त हुन्थ्यो हैन र ? भन्न खोजिएको के हो भने महाकाली साझा हो पानी आधा आधा हो भनेको तर किन जम्मै पानी भारतले एकलौटी लगेर उसको मरुभूमि संचाई गरेर गहु फलाएको छ र हामीलाई आँटा बेचिरहेको छ ? अहिले महाकालीबाट तपाईले , देउवाले भने जस्तो हित भयो त नेपालको ?
हो यसरी नै खेर जाने संभावना बढ्दो छ देशको नयाँ नक्सा बनाउने र भूभाग फिर्ता गर्ने सपना पनि जनताका लागि । तपाईहरुको घोषणा र प्रतिवद्धता विपरित दिन दिनै तपाईको काखमा बसेका पात्रहरु ७० करोडको काण्डका कारण बदनामित हुदै बाहिर निस्किदैछन् । त्यसप्रति कत्तिको हिनताबोध छ तपाईलाई ?
तपाई काखमा बसेका प्रिय मान्छेहरु नै यस्ता भईदिए भनेर कतिको पीडित हुनुहुन्छ ? तपाई विरामी मान्छे , श्वास्थ्यका कारण सहानुभुति छदै थियो जनताको । अर्को तिर छोराछोरी पनि नभएकाले के का लागि भ्रष्टाचार गर्छन् होलार भनेर भ्रष्टाचारीको मुख पनि हेर्दिन , गर्न पनि दिन्न भन्ने कुरालाई मान्छेले मानेका थिए तर अब गोकुलबारे के हुन्छ ? के उनी बालकोटको तपाईको निजी घरबाट कहिले निकालिन्छन् ? कि उनैलाई ढोकाको चाबी दिईरहनु हुन्छ ?
कृपया नहुने कुरा नबोल्नुस्, बरु थोरै बोल्नुस् बोलेको कुरा पुरा गर्नुस् त्यसैमा छ भलाई । जनतालाई मखमलि सपना दिएर जनवाद समाजवादको कुरा गरेको ७० बर्ष भन्दा धेरै भयो कम्युनिष्टहरुले ।
यो देशलाई लामो समय सम्म राणा,राजा , पञ्चायत,काँग्रेस, एमाले र माओवादीहरुले विकासकै नाममा ब्रम्हलुट गर्ने थलो बनाए । गणतन्त्र र पछिल्लो सविधान कार्यन्वयन पछि जनताका प्रतिनिधिले जनताका लागि काम गर्छन् भन्ने विस्वासका साथ मत दिएका थिए जनताले तर अब त्यो पनि तुहिदै जाने । देशको मानचित्रलाई नै केक बनाएर खाने , जनताबाट पराजीत पात्रहरुलाई प्रधानमन्त्री बनाउन संविधान नै ससोधन गर्ने , जे पनि बोल्ने अनि बोलेको कुरा केही नहुने हो भने त विस्वास कसरी पैदा हुन्छ ? हामी अरुको पनि एक ईन्च जमिन लिदैनौ , आफ्नो पनि एक ईन्च छाड्दैनौ भनेको हैन त्यो कहिले पूरा हुन्छ ? जनताको तर्फबाट सिमा बचाउ अभियानले सरकारलाई बुझाएको देशको पूर्ण नक्सा कता गयो ? सुनिन्छ मन्त्रीहरुले कार्यकक्षबाटै त्यो नक्सा हटाएरे त ?
अतः सक्नु हुन्छ देशका लागि , जनताका लागि काम गर्नुस् हैन भने देशको मानचित्रको केक खाने हैन सके देशको रक्षा गर्नुस् नसके विश्राम लिनुस् त्यही हो उत्तम विकल्प हो देशका लागि पनि र तपाईका लागि पनि ।