बिरगंज १० फागुण । गुरु हरिकृष्ण पब्लिक स्कुल द्वारा आयोजना गरिएको रक्तदान कार्यत्रममा ७१ जनाले रक्तदान गरेका छन् । जसमा १८ महिला थिए । कार्यक्रमको प्रमुख अतिथि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया थिए । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापती बिरेन्द्र राज कंडेलले रक्तदानको प्रशंसा गर्दै प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बिरगंज उधोग वाणिज्य सघका अध्यक्ष गोपाल केडियाले रक्त दान गर्न को लागि सम्पुर्ण मा जनचेतना जगाउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विबेदी , जिल्ला प्रहरी उपरीक्षक गंगा पन्त , नेकपा का बिरगंज महानगर अध्यक्ष रहबर अन्सारी , प्रसौनी ईलाका प्रहरी कार्यालय ओम प्रकाश यादव, ,वडा अध्यक्ष तुफान अन्सारी ,प्रकाश थारु,अनिल साह ,जसपाल सिंह लगायत उपस्थित थिए । कार्यक्रमको अध्यक्षता स्कुल का प्रीन्सिपल रबिन्द्र कौर ले गरेका थिए ।