को -को होला त ओली सरकार ढाल्न षड्यन्त्र गर्ने ?

को -को होला त ओली सरकार ढाल्न षड्यन्त्र गर्ने ?

  • शनिबार, फाल्गुन १०, २०७६
  • एन्डीज शर्मा

  • 9.2K
    SHARES

अघिल्लो साता आफ्नै गृहनगरमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षड्यन्त्र भईरहेको दावी गरेका थिए । त्यो त्यस्तो अवसरमा आएको थियो उनको अभिव्यक्ति कि संविधानतः सरकारले कार्यकाल दुईबर्ष पूरा गरेको र अब अविस्वासको प्रस्ताव सदनमा आउन सक्ने बाटो खुले पछिको त्यो पहिलो अभिव्यक्ति थियो प्रम ओलीको ।
यसको साता दिन वित्न नपाउदै प्रधानमन्त्रीका विस्वास पात्र तथा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोडको अडियो प्रकरणले सरकारलाई निकै रक्षात्मक बनाईदियो ।
त्यस पछि चौतर्फी रुपमा बास्कोटाबारे ओलीले राजनीतिक तुलोमा राख्दा सबै एकातिर गोकुल एकातिर भनेर गरेको प्रशसा , प्रधानमन्त्रीको निजी निवासमा मन्त्री हुदाँ पनि बास्कोटाको बास बसाई र ७० करोडको टेप महिनौ अघि प्रधानमन्त्रीकोमा पुग्दा पनि मिडिया र सामाजिक सञ्जालमा आईपुग्नु अघि कुनै कार्बाही नहुनु वा बास्कोटालाई बर्खास्त नगर्नुले पनि प्रधानमन्त्रीमाथि समेत यस्ता प्रकरणको रक्षा गरेको वा नैतिक रुपले संलग्नताको आधार देखाएर सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा राजीनामा माग गर्न थालिएको छ ।
अब प्रधानमन्त्रीले भने जस्तो षड्यन्त्र हो या हैन एकीन गर्ने आधार छैन । तर ७० करोड काण्ड र प्रधानमन्त्री ओलीको गोकुलमाथिको प्यार निकै महंगो परेको भने देखिन्छ ।

कुनै पनि अर्थमा गणितीय हिशाबले काँग्रेसको माग वा विप्लवको अपीलले ओलीको सरकार ढल्दैन यो निश्चित हो । तर सरकार सुसासनको नारा दिएर काखमा भ्रष्ट र पतितलाई चेपेर बसेको अर्थमा निकै रक्षात्मक भएको देखिन्छ । त्यसैले सरकार ढल्ने भनेको यो प्रकरणहरु जोडेर प्रधानमन्त्रीले नैतिकताकै आधारमा राजीनामा दिदाँ मात्रै हो , जुन संभावना अहिलेकै घडीमा कम छ ।

यसै प्रकरणपछि मिडियाहरुमा प्रकाशित दृष्टिकोणहरु मात्र हैन प्रतिपक्षी काग्रृेसले यसमा प्रधानमन्त्री पनि जिम्मेवार रहेको हुन सक्ने भन्दै सदनदेखि सडक सम्म आवाज उठाउन थालेको छ । काग्रेस नेता डा. शेखर कोईरालाले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताएका छन् । विराटनगरमा आयोजित कार्यक्रममा उनले राजीनामा माग गरेका हुन् । काग्रेसले माग नै गरे पनि त्यो राजनीतिक खपत मात्रै हो । संविधानले दिए पनि काँग्रेससगँ अविस्वासको प्रस्ताव हाल्ने र आफ्नो या उसले निर्माण गर्ने गठबन्धनको प्रधानमन्त्री चयन गर्न बहुमत पुर्याउन सक्ने स्थिति छैन । त्यस कारण यो षड्यन्त्र हैन हो भने पनि सफल नहुने दुस्साहस हुनेछ ।
उता ओली सरकारले नै प्रतिवन्ध लगाएको नेकपाका महासचिव विप्लवले समेत यो काण्डमा ओलीको पनि संलग्नताको आशंका गर्दै यो सरकार बर्खास्त गर्न अपील गरेको छ ।

कुनै पनि अर्थमा गणितीय हिशाबले काँग्रेसको माग वा विप्लवको अपीलले ओलीको सरकार ढल्दैन यो निश्चित हो । तर सरकार सुसासनको नारा दिएर काखमा भ्रष्ट र पतितलाई चेपेर बसेको अर्थमा निकै रक्षात्मक भएको देखिन्छ । त्यसैले सरकार ढल्ने भनेको यो प्रकरणहरु जोडेर प्रधानमन्त्रीले नैतिकताकै आधारमा राजीनामा दिदाँ मात्रै हो , जुन संभावना अहिलेकै घडीमा कम छ ।
दोस्रो प्रचण्डको चावी चल्दा हुने षड्यन्त्र हो । प्रचण्डले केही समय अघि सम्म अझ भनौ पार्टीमा कार्यकारी अध्यक्षको हैसियत नपाउदा सम्म पहिला सरकारको नेतृत्व आधा आधा कार्यकाल गर्ने गरी गरेको सम्झौता चलाएर उनले हल्लाउन सक्छन् । जुन कुरा पनि त्यति सजिलो छैन । जसले प्रचण्डमाथि अर्को नैतिक संकट थप्ने छ । उनको पछिल्लो व्यवहार त्यता लक्षित छैन ।

षड्यन्त्रको हल्ला फिजाएर कमजोरी लुकाउन मिल्दैन । जनताको असन्तुष्टी चुलियो, एक पछि अर्को गल्ती गर्दै जाने हो भने जनताले संसारका शक्तिशाली बादशाहहरुलाई घोडाबाट झारेका छन् भने यो सरकार विरुद्ध उनीहरुको असन्तुष्टी विद्रोहमा बदलिने हो भने सरकार संसदको गणितले मात्रै टिक्दैन । त्यो पनि अर्को सत्य हो ।

तेस्रो कारण भनेको भारत वा अमेरीकाले एमसीसी र उनीहरुको रणनीतिक सम्बन्धसगँ जोडेर भित्री रुपमा त्यस्तो ग्यामबोल सिर्जना गर्न सक्छन् भन्ने हो । भारतको पछिल्लो कुटनीतिक परिचालनको स्थिति हेर्दा खुलेर राजनीतिक समिकरणको फेरबदलमा मोदी सरकार र उसका संयन्त्रहरु त्यसरी परिचालित भएको अनुभव पनि देखिएको छैन । कुटनीतिक रुपमा अमेरीकाले एमसीसी अनुमोदनका लागि गरीरहेको लविगं र दिल्लीमा राजपाका नेताहरुको दौडधुपलाई हेर्ने हो भने पनि त्यो सरकार ढाल्ने गृहकार्यको तहमा भएको देखिदैन । त्यो बाहेक राजाले गर्न सक्ने षड्यन्त्रको कुरा आउन सक्छ । त्यो भनेको सेनाले सरकारका विरुद्ध पूर्व राजालाई राजतन्त्र पुनस्थापनाका लागि सहयोग गरेर कु गर्ने हो । जुन कुनै हल्ला सम्म चलेको या चलाईएको हुन सक्छ , वास्तविकता त्यस्तो तत्कालै देखिदैन ।

भनिसके पछि प्रधानमन्त्रीको सरकार ढाल्ने षड्यन्त्रको गन्ध उनको मनको बाघ हुन सक्छ या आलोचनाहरुलाई डाईभर्ट गर्ने छोप्ल्यागं त्यो भन्दा माथि तत्कालका लागि देखिदैन । बरु बास्तविकता के हो भने आफ्ना प्रतिवद्धता अनुसार सरकारले काम गर्न सकेको छैन । एक पछि अर्को सरकारकै मान्छेहरु भ्रष्ट र नैतिकहिन सावित हुदै गएका छन् । जनताहरुमा असन्तुष्टी बढीरहेको छ । त्यसलाई षड्यन्त्र मान्ने हो भने चाहीँ त्यो षड्यन्त्र हैन तथ्य हो भन्नु पर्छ कि जनताले हामीलाई मन पराउन छाडे भनेर मनन गर्नु उत्तम हुन्छ । षड्यन्त्रको हल्ला फिजाएर कमजोरी लुकाउन मिल्दैन । जनताको असन्तुष्टी चुलियो, एक पछि अर्को गल्ती गर्दै जाने हो भने जनताले संसारका शक्तिशाली बादशाहहरुलाई घोडाबाट झारेका छन् भने यो सरकार विरुद्ध उनीहरुको असन्तुष्टी विद्रोहमा बदलिने हो भने सरकार संसदको गणितले मात्रै टिक्दैन । त्यो पनि अर्को सत्य हो ।
त्यसैले राजनीतिक , आर्थिक र सामाजिक कदमहरु दीर्घकालीक , जनहितमा आधारीत एवं भ्रष्टाचार विरोधी कदमहरु चाल्न सकेमा सरकार चलिरहन्छ कुनै षड्यन्त्रको चर्चा फैलाएर समय कटाउन आवस्यक छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी