ह्याभेन्स मन्टेश्वरीको कमुनिटी हेल्पर कार्यक्रम सम्पन्न

ह्याभेन्स मन्टेश्वरीको कमुनिटी हेल्पर कार्यक्रम सम्पन्न

  • बिहिबार, फाल्गुन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

धनगढी, फागुन ८ ।
धनगढी चौराहमा रहेको ह्याभेन्स मन्टेश्वरी एण्ड चिल्ड्रेन हाउसले सञ्चालन गरेको कमुनिटी हेल्पर कार्यक्रम सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित हालै आफ्नै भवनमा सरेको ह्याभेन्स मन्टेश्वरीले कमुनिटी हेल्पर कार्यक्रम सम्पन्न गरेको हो ।

बालबालिकाहरुलाई समाजमा सहयोग गर्ने मानिस र उनीहरुले गरिरहेको पेशाका वारेमा वालवालिकालाई जानकारी दिनका लागि कमुनिटी हेल्पर कार्यक्रम गरिएको मन्टेश्वरीकी प्रिन्सिपल ईशा शर्माले जानकारी दिनुभयो ।

कमुनिटी हेल्पर कार्यक्रम अन्र्तगत प्रहरी, स्वास्थकर्मी, व्यवसायी, सिकर्मी र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया तथा प्रत्यक्ष अवलोकन लगायतका कार्यहरु गरिएको हो ।

वालवालिकाहरुलाई समाजिक काम गर्ने पेशामा आवद्ध रहेकाहरुसँग साक्षात्कार गराएर उनीहरुले त्यसको वारेमा जानकारी दिईएको हो । ह्याभेन्स मन्टेश्वरीले विगत ७ बर्षदेखि मन्टेश्वरी शिक्षा प्रदान गर्दै आएको छ । पिजीदेखि युकेजीसम्म मन्टेश्वरी पढ्दै गर्दै वालवालिकाहरुलाई शिक्षा प्रदान गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी