बुढानिलकण्ठ स्कूलको वार्षिक उत्सव

बुढानिलकण्ठ स्कूलको वार्षिक उत्सव

  • बुधबार, फाल्गुन ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 21.1K
    SHARES

विराटनगर । विराटगर–२ मा रहेको बुढानिलकण्ठ सेकेण्डरी स्कूलले ३६ औं बार्षिक उत्सव तथा अभिभावक दिवश मनाएको छ । स्कुलले विराटनगगरको विरेन्द्र सभागृहमा बुधबार विभिन्न कार्यक्रम गरी मनाएको हो ।

वार्षिक उत्सवमा विद्यार्थीहरुले गीत, नृत्यलगायतका विभिन्न प्रस्तुतीबाट अभिभावक, शिक्षक र अतिथिहरुलाई दिनभरी मनोरञ्जन दिएका थिए । कार्यक्रम दुई चरणमा भएको थियो । पहिलो चरणमा नर्सरीदेखि कक्षा ३ र दोस्रो चरणमा कक्षा ४ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले आफ्नो कला देखाएका थिए ।

कार्यक्रममा पहिलो चरणका प्रमुख अतिथि प्याव्सनका केन्द्रीय सचिव राजेशकुमार दास, दोस्रो चरणका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली,स्कुलका प्रिन्सिपल मणिराज भट्टराई, प्याब्सन मोरङका सचिव प्रेमसिंह सुवाल,स्कूलका सञ्चालक बुद्धिबहादुर प्रधान, अभिभावक तुलसी खतिवडा र स्कूलका को–अर्डिनेटर पञ्कज जैनलगायतले बोलेका थिए । स्कूलका नसैरीदेखि कक्षा १० सम्म करिव १ हजारभन्दा विद्यार्थीहरु रहेको स्कूलले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी