२५ औ जनयुद्ध दिवसका सन्दर्भमा

२५ औ जनयुद्ध दिवसका सन्दर्भमा

  • बुधबार, फाल्गुन ७, २०७६
  • भिष्मकुमार शाही

  • 17.2K
    SHARES

महान जनयुद्ध १० वर्षको भिषण युद्ध र उराठलाग्दो शान्तिका १० वर्ष अनि उत्साहाजनक पछिल्लो ४ वर्ष पारगर्दै २५ औं वर्षमा प्रवेश गरेको छ । यी २५ वर्षका सुखद र खुःखद,गौरव र पिडाका क्षेणहरु पार गरेर नयाँ क्रान्तिको उद्घोषले आम जनतामा फेरि नयाँ आसा जगाउँदै जनयुद्धको २५ औं वर्षको ढोका खोलेको छ । हामी ति पुराना स्मृतिहरुलाई ताजा बनाउदै महान जनयुद्धको स्मरण गरिरहेका छौ । त्यहि स्मरणलाई एकीकृत जनक्रान्तिद्धारा पुनरताजकी गर्दै जनयुद्धले सुम्पेको कार्यभारलाई नयाँ क्रान्तिको शैलिद्धारा नेपालमा एकीकृत जनक्रान्तिको उद्घोष गरिरहेका छौं । जुन क्रान्तिको उद्घोषले निराश जनतालाई पुन आसावादी वनाएको छ । फेरि दलालहरुको मृत्युको घण्टि वजिरहेको छ । क्रान्तिको अपराजय मुक्का प्रहारले गर्दा प्रतिक्रियावादी तथा दलालहरु अत्तालिएका छन । उनिहरुले कम्युनिस्ट सरकारको दुहाई दिएर जनतालाई स्वतन्त्रता पुर्वक बोल्न,गाउँन र हिडडुल सम्म गर्न नदिएर इतिहाँसकै त्र्रmुर तानासायी व्यवस्था जनता र हाम्रो पार्टिमाथि लाधिरहेको छन । यसको शसक्त प्रतिरोधले गर्दा महान जनयुद्धको कार्यभार हाम्रो पार्टीद्धारा पुराहुने सम्भावना एकपछि अर्को वढिरहेको छ । हामीले जनयुद्धलाई यहि तरिकाले सम्झिरहेका छौ ।

माहान जनयुद्धले उत्पिडित जनतालाई प्रज्वलित ग¥यो । तत्कालिन सामन्तवादी सत्ताले जनतालई उत्पिडनको जालोमा वाधेको थियो । आम जनतालई उत्पिडनका जन्जिरहरु चुडालेर विद्रोहमा उत्रिने साहस भ¥यो । इतिहाँसमा पहिलो पटक जनताको जनसेना,जनताको सत्ता निर्माण गर्दै सामन्ति सत्तामा माथि धावा वोल्यो । जनताको विजय र मुक्ति वोकेको महान जनयुद्ध प्रति हामी सवैले गर्भ गर्न जरुरी छ र हामी गौरव गरौं । जनयुद्धको गौरव नेपाली जनता र माओवादी नेता कार्यकर्ताहरुको अतुलनिय त्याग र वलिदानसँग जोडिएको छ । ९ हजार वरावरको विरतापूर्ण वलिदान,२ हजार भन्दा वढि योद्धाहरु वेपत्ता,हजारौ योद्धाहरु घाईते जीवन र लाखौं जनताहरुको दुःख कष्ट र त्यागको मु्ल्यमा जनयुद्ध सफलताको विन्दुमा अगाडि लम्किरहेको थियो तर महान जनयुद्धको नेतृत्व गरेका केहि नेताहरुको तिव्र विचलन्ताले जनयुद्धलाई धनयुद्धमा रुपान्तरण गर्ने कोशिषहरु नभएका होईनन । अन्ततः प्रचण्ड वावुराम विचलित हुँदै एमालेमा पतित भए । उनिहरु घृणा र तिरस्कारका पात्र हुँदै गए । आज केपीहरुको सरणमा परेर सुरक्षाको भिख मागिरहेका छन । विश्वकै कम्युनिस्ट इतिहाँसमा पहिलो पटक क्रान्तिमा प्रमुख नेताहरुले गरेको गद्धारिलाई सच्याएर सहायक नेता क.विप्वलव द्धारा जनयुद्धले सुम्पेका नयाँ कार्यभारलाई पूर्णता दिने उदेश्यका साथ नेपालमा एकीकृत जनक्रान्तिको उद्घोष भएको छ । दलालहरुका अखडाहरुमा वम वर्षा भईरहेको छ । राज्यलाई करछलि गर्ने कम्पनिहरु धोस्त हुदै गइरहेका छन, दलाल भष्टहरुलाई कालो मोसो लगायर वहिस्कार भईरहेको छ । राष्टघातका विरुद्ध जनताहरु सडकमा निस्कीरहेका छन । सडकमा निस्केका जेजति आवाजहरु छन ति सवै आवाजहरुको नितिगत नेतृत्व हाम्रो पार्टीले गरिरहेको छ । दलाल फाँसीवादी सरकारअत्तालिएको छ ।

हाम्रा नेताकार्यकर्ता हरुलाई गोली हानि हत्या गरिहेको छ । हजार भन्दा बढि नेता कार्यकर्तालाई आस्थाको वन्दि वनाईरहेको छ जुन जनयुद्धमा सामन्ति शासकले गरेको दमनको झल्को केपी प्रचण्ड सरकारले दिईरहेको छ । विचलित प्रचण्डहरु एमालेको धुम्वारहि कार्यलयमा जनयुद्धलाई एउटा दुर्घटनाको रुपमा सम्झिरहेका छन र जनयुद्धको वाकीकार्यभार पुरा गर्न हिडेका हाम्रा नेताकार्यकर्ताहरुलाई जनयुद्ध दिवस मनाउदै गर्दा गिरप्तार गरिरहेको छ । हाम्रो पार्टीले केपी प्रचण्डको प्रतिवन्धलाई समेत नकाम पार्दै देशैभरी हर्ष उल्हासकासाथ जनयुद्ध दिवस मनाई रहेको छ । हामीसँग जनयुद्धका बाँकि कार्यभार पुरा गर्ने र सहिदहरुका सपना साकार पार्न दृढ सङ्कल्प व्यक्त गर्दछौ ।
१० वर्षको भिषण जनयुद्ध पछि हामी माओवादीहरु नेपाली जनताको शान्ति र समृद्धिको चाहानालाई कदर गर्दै इमान्दारीका साथ शान्ति प्रक्रियामा सहभागी बन्यौं । तत्कालिन संसदवादी सात दलहरसँग शान्ति सम्झौता ग¥यौं । सम्पूर्ण प्रतिवद्धतामा हामी ईमान्दार भयौं । एकाएक संसदवादी दलहरुले सम्झौतालाई लत्याय,उल्ट्याए र कमजोर वनाउने खेलहरु खेले । सहिद वेपत्ताहरुको अपमान गर्दै किसान,मजदुर,दलित,जनजाती,महिला,मधेसी सम्पूर्णको अधिकार दिनुको साटो उल्टै उनिहरुले प्राप्त गरेको अधिकार समेत खोस्ने काम गरे । हाम्रो पार्टी यो संसदवादी दलहरुको धोकापूर्ण हर्कतका विरुद्ध संघर्षमा उत्रियो । प्रचण्ड र उसका केही सासेपासेहरु आफ्नो तुच्छ स्वार्थ र आत्म सुरक्षाका कारण लज्जास्पत तरिकाले प्रतिक्रियावादी सामु नाक रगाड्न पुगे । संसदवादी दलाहरु र तत्कालिन माओवादी पार्टी भित्रका आत्मसुरक्षावादीहरुको संयुक्त गठजोडद्धारा जनताको सेना,हतियार र सत्ता खोसियो । महान जनयुद्ध प्रति बेईमानि गरियो । संसदिय व्यवस्थाको पुनस्थापना गरि जनतालाई जवरजस्त लाद्नेकाम भयो । यो घटनालाई हाम्रो पार्टीको नेतृत्वले प्रतिक्रान्तिको संज्ञा दियो । आम जनताहरु यो प्रतिक्रान्तिको विरुद्ध विद्रोहमा उत्रिरहेको छन । नेपालमा भएको प्रतिक्रान्तिको फाईदा उठाएर भारतीय साम्राज्यवाद र अमेरीकी उत्तरसाम्राज्यवाद विशेष तः युरोपियन युनियन एकपछि अर्को हस्तक्षेप गर्दै आइरहेका छन । कहिले भारत लिपुलेख कब्जा गर्छ त कहिले युरोपियन युनियन एमसीसी पासगर्न नेताहरुलाई दवाव दिईरहेको छ । हाम्रो पार्टीले यो हस्तक्षेमका विरुद्ध शसक्त प्रतिरोध गरिरहेको छ । कुनै समय जनयुद्धको नेतृत्व गर्ने कमरेडहरु,संसदिय व्यवस्था खस्सीको टाउको झुण्डाएर कुकुरको मासु वेच्ने थलो हो भनि नथाक्ने वावुरामहरु कम्युनिस्ट र वैज्ञानिक समाजवादनै त्यागेर भौतारी रहेकाछन र जनयुद्ध गर्नुमा पश्चाताप गरिरहेका छन । प्रचण्ड र उनका आसेपासे एमालेमालेमा प्रवेश गरेर हिजो एमालेलाई लगाएको प्रतिक्रियावादीको आरोपको हिनतावोध गरिरहेका छन । यीनै विचलनताको फाईदा उठाएर प्रतिक्रियावादी दलालहरुले जनयुद्धलाई द्धण्द्ध र दुर्घटनाको रुपमा अवमुल्यान गरिरहेका छन । जनयुद्धमा भएका दुःख,कष्टहरु अर्थहिन भएको भन्दै तमाम् वलिदानको औचित्य नभएको,जनयुद्धका तमाम योद्धाहरु द्धण्द्ध भट्काउने अपराधि भएको जस्ता दुस्प्रचार गरिरहेका छन वा मन खिन्न वनाईरहेका छन । जसको ज्वलन्त उदाहारण प्रचण्डको जनयुद्ध दिवसमा केपी ओली सहभागी नहुनुले त्यो स्पष्ट नै हुन्छ । यी र यस्ता घटनाहरुले जनताहरु प्रतिक्रियावादीको ब्यावहारवाट अझ ससंकित भएका छन । हाम्रो पार्टीले पार्टी पुनर्गठन गरेर दलाल प्रतिक्रियावादीहरुका विरुद्ध चौतर्फी हमला गरिरहँदा वैज्ञानिक समाजवादी विचारको झण्डा अझै उच्च वन्दै गईरहेको छ । यी र यस्ता प्रतिक्रियावादीहरुको गलत रवैयाका कारण हाम्रो महान जनयुद्धको इतिहासमा कुनै क्षेति पुग्नेवाला छैन वरु जनयुद्धको गौरव गाथा अझ उँच्चो हुँदैजाने निश्चित छ । देशमा अहिले जताततै सत्तासंकट छ । कलाकारले गित गाउँन पाउँदैन,पत्रकारले प्रश्न सोध्न पाउँदैन,जनताहरुले अधिकार माग्न पाउँदैन,जनताले शान्तसँग हिडडुल गर्न पाउँदैन किनकी यो पंक्तिकार पनि भूमिगत हुन वाध्य छ । गाउँ गाउँमा भ्रष्टचार छ,दिनदहाडै मानव तस्करी हुन्छ,मिटरव्यजीहरुले जनताको उठिवास लगाएका छन । कालोवजारी,व्यथिति,हत्या,दमन,वलत्कारका घटनाहरु एकपछि अर्को वढिरहेकाछन । सहरमा दलाल र भ्रस्टहरुको जगजगी छ भने गाउँ वस्तिहरु जाँड,रक्सी,जुवा,तास र घरेलु हिंसाले ग्रस्त छन । यो सवै संकट आउँनुको कारण फेल भैसकेको संसदिय दलाल व्यवस्थालाई जवरजस्ति जनतामा लाध्नुको परिणाम हो ।

संसदिय व्यवस्था जवरजस्त लाध्नु भनेको देशमा अराजकता,अशान्ति र युद्ध लाध्नु नै हो । त्यसैले आज यी तमाम समस्याहरु आउनुको पछाडी देशलाई राजनितिक संकटको वैज्ञानिक समाधान नदिन्ु हो । त्यसको लागि नेपालमा स्थापित संसदिय व्यवस्थाको खारेज गर्नुपर्दछ । यो व्यवस्थाको विकल्प नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापीत गर्नु पर्दछ ,त्यसकालागि एकीकृत जनक्रान्तिमा सम्पुर्ण जनताहरु सहभागिहुन जरुरी छ । हाम्रो पार्टीले राष्ट्रवादी शक्ति,राष्ट्रको मुक्ति चाहने देशभक्त शक्तिहरुसँग सहकार्य गर्ने नीति अगाडी सारिसकेको छ । एकीकृत जनक्रान्तिमा सवैलाई सहभागि हुने ढोका खोलिसकेको छ । सवै जनता अनिवार्य सहभागिहुन जरुरी भैसकेको छ ।

क्रान्तिको अन्त्य गर्न प्रतिक्रियावादीहरु निरन्तर लागिरहेका छन । माओवादीका आत्मसमर्पणवादी प्रचण्ड वावुरामहरु माओवादीहरुलाई निस्तेज र विसर्जित गराउँन ज्यान फालेरै लागेका छन । हाम्रो पार्टीको शसक्त संघर्ष र अग्रिम पहल कदमीका कारण प्रतिक्रियावादी र आत्मसमर्पणवादीहरुको घातक सपना पूर्ण असफल भएको छ । क्रान्तिको सम्भावनालाई हामीसबै कम्युनिस्टहरुले दह्रोसँग पगड्नै पर्दछ । यो वाटो नै मानव जातीको निम्ति महान वाटो हो । माहान वाटोमा अविचलित भएर अगाडि भढ्यौं भने महान जनयुद्धको अधुरो कार्यभार एकीकृत जनक्रान्ति द्धारा पुरा गर्न सक्छौं । यसरी अघि वढ्यौं भने मात्र जनयुद्धको वास्तविक सम्मान गरेको ठहरीने छ । २५औं जनयुद्ध दिवसको सवैलाई शुभकामना ।
-यो लेखकको निजी बिचार हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी