मनकामना माध्यमिक विद्यालयको २१ औं बार्षिकोत्सव सम्पन्न (तस्वीर सहित )

मनकामना माध्यमिक विद्यालयको २१ औं बार्षिकोत्सव सम्पन्न (तस्वीर सहित )

  • बुधबार, फाल्गुन ७, २०७६
  • राहुल गुप्ता

  • 7.3K
    SHARES

बिरगंज , फागुन ६ । बिरगंज महानगरपालिका ४ मा रहेको मनकामना माध्यमिक विद्यालय २० बर्ष पुरा गरि २१ औं बर्षमा प्रवेश गरेको छ ।मनकामना माबीको स्थापना २०५५ फागुन ६ गते भएको थियो । मनकामना माबीको २१ औं स्थापना दिवशको उपलक्षयमा बार्षिक पुरस्कार बितरण तथा सास्कृतिक कार्यक्रमको आयोजना गरि धुमधामका साथ मनाईएको थियो ।

मनकामना माबीका प्रिन्सिपल पुरन प्रधानको अध्यक्षतामा र प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्य सो कार्यक्रम सम्पन्न भएको थियो । बिरगंजको परम्परा पार्टी प्यालेसमा मंगलवार भएको बार्षिकोत्सवमा राजपा पर्साका अध्यक्ष एवं मनकामना माबीका संरक्षण राजेशमान सिंह , शिक्षा बिद एवं बिसिसी क्याम्पसका प्रिन्सपल सुशील भट्टराई , प्याप्सन पर्साका अध्यक्ष डा हरिशन्कर साह लगायतकाको उपस्थिति रहेको थियो ।
स्कुलले सो कार्यक्रम विभिन्न नृत्य , नाटक , कविताहरु प्रस्तुत गरेका थिए । त्यसै गरि बार्षिकोत्सवको अवसरमा मनकामना माबीमा २०७५ सालमा एलकेजि देखि १० कक्षा सम्ममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रमुख अतिथिले पुरस्कार बितरण गर्नु भएको थियो ।कार्यक्रम सन्चालन बलराम श्रेष्ठले गर्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी