बुटवल, ५ फागुन । लायन्स क्लब बुटवल स्टार्स र लायन्स क्लब बुटवल डायनामिक लेडि (एनएलएफ)को आयोजना सयुक्त रुपमा बुटवल –४ लक्ष्मी माध्यमिक बिद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
सोमबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सामाजिक उत्तरदायित्व अभियान स्वरुप समुदायिक विद्यालयमा सहयोग गरेको हो ।
समामुदायीक बिद्यालयका गरिब तथा जेहेनदार विद्यार्थिले शिक्षा बाट बन्जीत हुन नपरोस भन्ने हेतुले एक कार्यक्रको बिच मल्टिपल काउसिल चेयरपर्सन पिएजेएफ सुनिल ओझा हात बाट लक्ष्मी माध्यमिक बिद्यालयका प्रधानाध्यापक लक्ष्मी गरुड्डलाई २५ हजार चेक हस्तारण गरिएको हो ।
क्लवले कक्षा १ देखि कक्षा ३ सम्मका रहेका गरिव विद्यार्थीका लागी १ महिनाको खाजा खर्च वापतको २५ हजार रुपैयाँ हस्तारण गरेको लायन्स स्टार्सका अध्यक्ष एमजेएफ दिपक भट्टराईले जानकारी दिए ।
कार्यक्रमा डिष्ट्रिक कोचिफ एडभाइजर एमजेएफ सुरेस रत्न बर्जचार्य , डिष्ट्रिक एडभाइजर पुरुसोत्तम प्रधाड्ड, डायनामि लेडि अध्यक्ष रिता शर्मा , डायनामि लेडि संथापक अध्यक्ष शान्ति पाठक पाण्डे स्टार्सका सह सचिव भुपेन्द्र अर्याल बोलेका थिए । लायन्स क्लव डायनामिकलेडी र लायन्स क्लव बुटवल स्टार्सका आफ्ना सदस्यबाट संकलन गरेर बिद्यालयलाई सहयोग गरेको संयोजक पिताम्बर अर्यालले बताए ।