विज्ञान तथा गणित प्रदर्शनी

विज्ञान तथा गणित प्रदर्शनी

  • सोमवार, फाल्गुन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 19.1K
    SHARES

ललितपुर, ५ फागुन ।
ललितपुर महानगरपालिका त्यागलस्थित प्रभात माध्यमिक विद्यालयको ५० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अवसरमा विज्ञान तथा गणित प्रदर्शनी गरिएको छ । विद्यालय प्राङ्गणमा आयोजना गरिएको प्रदर्शनीमा उक्त विद्यालयका कक्षा ६ देखि १० सम्मका विद्यार्थीले तयार गरेका सिर्जनात्मक सामग्री प्रदर्शनीमा राखिएका थिए ।

प्रदर्शनीमा हाइड्रोलिक डोजर, भ्याकुम क्लिनर, सोलर सिस्टम, चेन्ज अफ सिजन, बायोग्याँस प्रोडक्शन, भोल्कानो, सोलर सिस्टम, रिफ्लेक्सन अफ लाइट, म्याथ गेम, इन्भाइरोमेन्टल ब्यालेन्स, इलेक्ट्रिक बेल, वाटर इकोसिस्टम, ल्याण्ड इकोसिस्टम, साइन्स हाउस, एयर अकुपाइज् स्पेस, वाटर पम्पलगायतका सामग्रीको कक्ष समावेश रहेका थिए । विद्यार्थीले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारिकरुपमा उतार्न प्रेरित गरिएको साइन्स टिचर एशोसिएशन अफ नेपालका केन्द्रीय उपाध्यक्ष जयप्रकाश श्रीवास्तवले जानकारी दिनुभयो ।

उक्त सिर्जनात्मक सामग्री विद्यार्थीले स्थानीय सामग्रीको प्रयोगबाट तयार गरेका हुन् । उक्त प्रदर्शनीको पूर्वविज्ञानमन्त्री गणेश साहलगायतका विशिष्ट व्यक्तिले अवलोकन गर्नुभएको थियो । विद्यार्थीको सक्रियता बढाउन र सिर्जनशील बनाउन वार्षिकोत्सवको अवसर पारेर प्रधानाध्यापक राजेन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । वार्षिकोत्सवका अवसरमा विद्यालयले बाल साहित्य महोत्सवको समेत आयोजना गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी