धरान ३ फागुण । सुनसरीको धरान उपमहानगरपालीका वडा नं १९ का वडाध्यक्ष पुर्ण वहादुर लिम्वुले स्काउटका सिद्धान्तलाई व्यवहारमा उतार्न सके विद्यार्थिको आफ्नो जिवनपयोगी व्यवहारमा आउन सक्ने वताउनु भएको छ ।
किरातेश्वर माध्यमिक विद्यालय धरान १९ को क्याम्पियन डे को उद्घाटन गर्दै सो कुरा वताउनु भएको हो । जव सम्म विद्यार्थिहरु अनुसाशित र ईमान्दार वन्न सक्दैनन् तव सम्म परिवार समाज र राष्ट निर्माण गर्न असम्भव हुने भएकोले विद्यार्थिलाई सवल र सक्षम वनाउन स्काउटले महत्वपुर्ण भुमीका निर्वाह गरेको वताउनु भयो ।
स्काउटका नियम शिद्धान्त र पद्धतिलाई सम्पुर्ण विद्यार्थी अभिभावक शिक्ष्ँक ले अनुसरण गर्न सके मात्र विद्यालयको शैक्षिक गुणस्तर अगाडी वढ्ने धारणा राख्नु भएको थियो ।
त्यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देउमान ताक्पादेनले अनुसासन र ईमान्दारीले मात्र विद्यार्थिको शैक्षिक गुणस्तर सप्रने भएकोले स्काउटले पनि विद्यार्थिलाई ईमान्दार अनुशासीत मर्यादित कर्तव्यनिस्ठ वन्न महत्वपुर्ण भुमिका निर्वाह गरेको धारणा राख्नु भयो ।
स्काउटकै कारणले विद्यार्थिहरु अतिरीत्त त्रियाकलापमा सवल वन्दै गएकोले स्काउटलाई विशेष धन्यवाद दिनु भयो ।
यसै गरी स्काउट कै जिल्ला आयुत्त अन्जु श्रेष्ठले स्काउटका शिद्धान्त नियमलाई परिपालन गर्न सके कोहि पछि नपर्ने धारणा राख्नु भयो ।
स्काउट शिक्षिका वसन्ति थेवेले कार्यक्रमको औचित्य माथि प्रकास पानु भएको थियो ।
सो क्याम्पियन डेमा विद्यार्थिहरुले नृत्य गित र सैक्षिक सामग्रीहरु प्रदर्शन गरेका थिए ।