राहुल गुप्ता
बिरगंज , माघ २२ गते । पर्सा बारा लगायतका जिल्लाका सिमावर्ती क्षेत्रबाट भन्सार छलेर ल्याउने लाने सामाग्री नियन्त्रणमा लिने कार्यमा प्रहरीले सक्रियता देखाएको छ । भन्सार छलि गरेर कपडा, मदिरा, मासुजन्य कुखुरा जस्ता बस्तुको ओसार पसार बढे पछि प्रहरी सक्रिय हुन थालेको हो । चेकजाच , गस्ती तीव्र पारेसगैं यस्ता अवैध सामान नियन्त्रणमा प्रहरी सफल हुदै गएको छ ।
यसैबीच वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलिले बिरगंज महानगर पालिकाको वडा नं १७ को अलौबाट अबैध रुपमा भंसार चोरी निकासी गरी नेपाल भित्र लिई आएका कपडा समेतका ३ लाख २५ हजार बराबरको माल बस्तुहरु नियन्त्रणमा लिई बिरगंज भंसार कार्यालय पर्सामा पठाएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिपक कुमार साहले जानकारी गराए
अघिल्लो साता पनि प्रहरीले अवैध सामान सहित केही ओसार पसारमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।