एम्स कलेजद्वारा होटल मेनेजमेण्ट समिट

एम्स कलेजद्वारा होटल मेनेजमेण्ट समिट

  • सोमवार, माघ २०, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

विराटनगर । विराटनगर–९ मा रहेको एम्स कलेजले होटल मेनेजमेण्ट सम्बन्धि समिटको आयोजना गरेको छ ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरि गरिएको उक्त कार्यक्रममा विराटनगरको लर्ड बुद्ध कलेज, बिद्या भूमि कलेज, ग्रिनल्याण्ड कलेज, कोशी विद्या मन्दिर, एम्स कलेजलगायतका विद्यार्थीहरु उपस्थित थिए ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजुकुमार थपलियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा होटल मेनेजमेण्ट अध्ययन गर्दै रहेका विद्यार्थीले भ्रमण वर्ष २०२० लाई कसरी लक्ष्यमा पु¥याउन सकिन्छ र यसमा विद्यार्थीको के भुमिका रहन्छ भन्ने कुरामा छलफल गरिएको थियो ।

कार्यक्रममा बोल्दै अमित महतोले होटल मेनेजमेण्ट अध्ययन गर्ने विद्यार्थीहरुलाई यस विषयका महत्वका बारेमा प्रकाश पारे । एम्स कलेजका क्याम्पस प्रमुख सि.एम. बस्नेतले होटल मेनेजमेण्ट विषयको गहनताको चर्चा गर्दै विद्यार्थीहरुलाई हौसला प्रदान गरे । समाजले बुझिरहेको होटल मेनेजमेण्ट , यो विषय अध्ययन गरेका व्यक्तीहरुले फरक ढङ्गबाट बुझ्नु पर्ने बताए । आफु बिएचएमको विद्यार्थी भएको हँुदा के–कस्ता फाइदा भएका छन् र बिएचएम. अध्ययन गर्ने विद्यार्थीका सपना कस्ता हुन्छन् भन्ने विषयमा एम्स कलेजकी विद्यार्थी प्रक्क्ष्या पौडेलले बताइन् ।

कार्यक्रममा २ सय ४० विद्यार्थी सहभागि रहेका थिए । कार्यक्रमका अध्यक्ष तुलसी पोखरेलले विद्यार्थीलाई उत्साह प्रदान गर्दै आवश्यक परेको खण्डमा विद्यार्थीलाई तालिम प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्ने र भ्रमण वर्ष २०२०लाई प्रभावकारी बनाउन एचएमका विद्यार्थीको ठूलो भुमिका रहने कुरा बताए । कार्यक्रममा बोल्दै अध्यक्ष पोखरेलले राम्रो काम गर्ने विद्यार्थीलाई बिएचएम. पढ्दा एम्स कलेजले छात्रावृति प्रदान गर्ने समेतका कुरा घोषणा गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी