टिफर आतङ्क : सत्ताको दमन र भ्रम

टिफर आतङ्क : सत्ताको दमन र भ्रम

  • बिहिबार, माघ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

भिष्म कुमार शाही

विरेन्द्रनगर मंगलबार तनाव ग्रस्त भयो । मंगलवार विहान विनपा ४ गौतम चोक मुख्य सडकै मै महाभु गापा ३ सिमखेत कालिकोट घर भै हाल विनपा वसोबास गदै आएका २२ वर्षिया केशर सिंहको टिपरले किच्दा मुत्यू भएको थियो । घटनाको प्रकृति हेर्दा पहिला सामान्य चोटपटक लागेपछि चालकले ब्याक गरेर झण्डै २० मिटर सडकमा किचेर हत्या गरेको छ,त्यो घटना जनताले प्रत्यक्ष देखे पछि जनता आक्रोशित भएपछि आन्दोलनको रुप लियो । त्याहाँ पिडित पक्षमात्र होईन सवै जनताहरु स्वतः आन्दोलनमा सहभागि भएको देखिन्छ । सवैलाई थाहै छ आन्दोलन भनेको नापे तौले जस्तो हँुदैन यसको आफ्नै गति हुन्छ जो सुर्खेतमा भयो स्वभाविक पनि थियो । जनताको तागत के हो भन्ने कुरा जनताले देखाई दिए ।
राज्यलाई राम्रैसंग तागत देखाएरै प्रदेश प्राप्त गरि छाडेका थिए । यो घटना आगामि दिन कुनै जनताको जिवनमा फर्केर नआओस्,दोषीलाई कारवाहि होस्,पिडितलाई न्याय पाईयोस भन्ने यो आन्दोलनको मुख्य उदेश्य हो । यो स्वभाविक र न्यायसंगत कुरा पनि हो । तर अचम्मको कुरा के छ भने जनताको सुरक्षाको लागि खटेको प्रसाशन जनतालाई भकाभक गोली हान्छ,वार्ताद्धारा समस्याको समाधन गर्नु छैन उल्टो आन्दोलन लाई समाप्त पार्न खोज्दैछ । उता उद्योग वाणिज्य संघ पनि विज्ञप्ति निकालेर अराजक तत्व भनेर कारवाहीको माग गर्छ,त्यत्रो घटना घटेको छ संवेदना छैन । योे कसको व्यवसायी संगठन हो,यो राज्य कसको सुरक्षा गर्दैछ, आम जनतामा यस्ता यावत प्रस्नहरु उठिरहेका छन ।  यसमा अज्ञात समुहको घुसपैठ भयो रे हामीले जम्मा दुई राउण्ड त्यो पनि प्लास्टीक गोलि हवाई फायर गरेको भन्छ । त्यसो भए ति झण्डै २२ जना सर्वसाधारणको सरीरभरि गोलि अज्ञात समुहले हान्यो त ? ६० देखि ८० राउण्ड गोली अज्ञात समुहले हान्यो ? ढाट्नु पनि अलिकति हुन्छ नि यस्तो बदमासि,छलछाम र षडयन्त्र त्यो पनि जनताले देखिने गरि \ अनि जनताले यस्तो घृणित प्रशासनवाट केको सुरक्षाको आशा गर्नु ? वडो अचम्मको खेदपूर्ण व्याबहार देखियो । यो व्यावहारले सरकार जनताको पक्षमा छैन । पिडितलाई न्याए दिने पक्षमा भन्दा पनि पिडकको संरक्षण गरिरहेको छ । यदि यो सरकार जनताको हुन्थ्यो भने यसले पिडितलाई न्याय दिनुपर्ने, पिडकलाई कानुनी कार्वाहि गर्नुपर्ने, जनताको दुखमा संमवेदना दिनु पर्ने खै सरकार ? तपाईहरुले जिताएर पठाएको सरकार आन्दोलनमा गोली वर्षाहिरहेको छ । झण्डै २२ जना जनताहरु घाईते छन् । त्याहाँ जनताले नै गोलि हानेको हजारौं जनताले प्रत्यक्ष देखिरहेको छ । त्याहाँ प्लास्टिक गोली होईन राईफलको गोलिको खोका समातेर जनताले फेसवुकमा लाईभ गरिरहेका छन । अनि प्रशासन भन्छ गोलि अज्ञात समुहले हान्यो रे,अज्ञात समुहको घुसपैठ भनेको अप्रत्यक्ष रुपमा नेपाल कम्युनिस्ट पार्टी विप्लवलाई आरोप लगाईरहेको छ । यस्ता खेदजन्य आरोप,यस्ता घृणित आरोपलगाएर जनताको आन्दोलन मथ्थर पार्ने कोसिश गरिरहेको छ । यो निन्दनिय र आपत्तिजनक छ । जनताले उठाएका मागहरु सहि छन् । पिडकमाथि कानुनी कारवाही हुनुपर्छ,पिडितलाई उचित क्षेतिपुर्त र राहतको व्यवस्था हुनुपर्छ । यो जनताको दमनकारी प्रशासनले सार्वजनिक रुपमै माफी मागेर जनतालाई गोलि हान्ने व्यक्तिको छानविन गरि कानुनी कारवाही गर्नु पर्छ ।
भ्रमपुर्ण आरोप
अज्ञात समुह भनेर हाम्रो पार्टीलाई यो प्रशासनले घुमाउरो तरिकाले दोष थोपर्न खेजेकोले यो सरासर भ्रम हो । दलाल सरकाको यो धर्म नै हो जनतालाई भ्रम दिने र आफ्नो सत्ता जोगाउने देखिन्छ । हामी यो घटना प्रति दुख व्यक्त गर्दर्छौ,परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दछौं । जनताको न्यायीक आन्दोलनलाई प्रशासनले गरेको फासिवादी दमनको विरोध गर्दै दमनकारीको पहिचान गरि कार्बाहीको माग गर्दछौं । सवै जनताको न्यायीक आन्दोलनलाई हाम्रो सहयोग र साथ रहिरहने छ । यो दलाल सरकारले हाम्रा निहत्था,निशस्त्र नेताकार्यकर्ता (कुमार पौडेल,निरकुमार साई लगायत धेरै )को गोलि हानेर हत्या गरेको छ । एकहजार भन्दा वढि जेलमा कैद गरेको छ । हामी यो देशमा न्याय चाहन्छौ, शान्ति,समृद्धि चाहछौ त्यसका विरुद्ध राज्यले हामी विरुद्ध युद्ध थोपरेको छ त्यसको डटेर सामना गरिन्छ पनि,सर्वजनिक रुपमै त्यसमा घुसपैट भयो भनेको ले यो प्रतिक्रिया दिनु परेको हो । आन्दोलनमा सहयोग त हने नै भयो तर यो अरु आरोप आफ्नो गलत व्यावहारको ढाकछोप गर्न गरिएको प्रचारवाजी सिवाए अरुकेहि होइोन यो जनतालाई स्पस्ट नै छ ।
दलाल सत्ताको चरित्र
आफुलाई कम्युनिस्ट सरकार भन्न रुचाउँने यो यो दलाल सरकार हामीले त्यसै आरोप लागाउनको लागि दलाल भनेका होईनौ । यसको चरित्र नै दलाल,तस्कर,भ्रस्ट हरुको सेवा गर्न वनेको हुन्छ । अहिले यसले राष्ट्रवादीको होईन,राष्ट्रघातीको,जनताको होईन मालिकको, पिडितको होईन पिडकको सेवा गरेको देखिन्छ । यो घटना यसैको सानो प्रतिनिधि घटना हो । भन्ने एक गर्ने अर्को,रुपमा आफुलाई कम्युनिस्ट भन्ने,सारमा कम्युनिस्टहरुलाई देख्यो कि दमन गर्ने ।,राजनिति समाजवाद भन्ने,ब्यावहरमा दलाल पँुजीवादको चाकरी गर्ने ।, आफुने भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भाषणमा कुरा गर्ने,तर आफ्नो राज्य संयन्त्र पुरै भ्रष्टाचारको अखडा बनाउँने ।,देशमा शुसासन व्यवस्था ल्याउँने कुरा गर्ने, तर ब्यावहारमा नाता,गोेता,छोरी,बुहारीहरुलाई सरकारी सुविधाहरुमा जागिर खुवाउने । स्वाधिनताको नारा दिने,तर राष्ट्रिय आत्मसमर्पण गर्ने ।, देशमा औद्योगिककरणको नारा दिन, तर देशका राष्ट्रिय उद्योगहरु सवै लिलाममा बिक्रि गर्ने ।, आर्थिक सम्रीद्धिको कुरा गर्ने,तर ब्यावहारमा मिटर ब्याजीहरुको संरक्षण गरि जनताको उठिबास लगाउँने ।, राष्ट्रिय सम्मानको कुरा गर्ने,तर साम्राज्यवादीका अगाडि लम्पसार पर्ने ।,देशको व्यजती गर्ने । उच्च प्रकारको सँस्कृतिको कुरा गर्ने,व्यावहारमा देशभित्र वेश्यालय खोल्नको लागि वकालत गर्ने । कुरामा लोकतन्त्र भन्ने व्यावहारमा फाँसीवाद लागु गर्ने । शान्तिपुर्ण राजनिति गर्ने अधिकारको कुरा गर्ने, पार्टीलाई प्रतिवन्ध लगाउने, दोहोरो भिडन्तको हल्ला(सुर्खेतको बावीयाचौरमा पुलिस ज्ञानवहादुर खत्र्रीले गरेको हल्ला) गर्ने,निहत्था जनताहरुलाई अन्दाधुन्द गोली चलाउने र जनतालाई आतंकित पार्ने,यीनै तथ्यहरुको विष्लेषण गरि हामीले विरोध गर्दा हामीलाई प्रतिवन्ध लगाउने,यीनै विषेष्ताको कारण यो नक्कली नामधारी कम्युनिस्ट हो र यो व्यवस्था दलाल फाँसीवादी व्यवस्था नै हो भनेर हामीले भन्यौं ।
अन्तमा,
वास्तबमा यो व्यवस्था दलाल पूँजीवादी व्यसस्था हो यसको चरित्र साम्राज्यवादीहरुको गुलामी गर्ने र जनतालाई दमन गर्ने हो । यसले समाएका हतियार कुनै तस्कर,भष्टहरु र सिमा अतिक्रमणका विरुद्ध प्रयोग भन्दा पनि जनताको न्यायपूर्ण आन्दोलन दवाउन प्रयोग गरिन्छ । यी गोली भारतका विरुद्ध प्रयोग गरेको भए भारतले सिमा अतिक्रमण गर्न सक्थेन । यदी यो हतियार दलाल र भ्रस्टका विरुद्ध प्रयोग भएको भए नेपालमा भ्रस्टाचार कहिल्यै सम्भव हुन्थेन तर यो वन्दुक जहिले पनि जनताको न्यायक आन्दोलनको विरुद्ध प्रयोग भयो किन की यो सत्ताको चरित्र नै उत्पिडित वर्ग विरोधी छ यसले मालिकको भाषा वोल्छ उसैको न्यायको कुरा गर्छ । आम जनताको यो न्यायीक आन्दोलनलाई विप्लव देखिरहेको छ कीनकी नेपाल कम्युनिस्ट पार्टीले जनताको जायज मागहरु उठाएको छ । जनतालाई ठग्ने कम्पनिहरुको खारेज गर्न संघर्ष गरिरहेको छ । असमान सन्धिसम्झौताहरु खारेजको माग गरिरहेको छ । असली जनताको सेवक हुनुको नाताले यो दलाल व्यवस्थाले विप्लवलाई जनता देख्नु र जनतालाई विप्लव देख्नु स्वभाविक नै हो । आज यो सत्तालाई नेकपा वा विप्लवको भुत(डर)ले सताइरहेको छ । त्यो भुतले यो सत्तालाई यति सम्मको आतंकित पारेको छ की हिजोमात्र वर्दियामा विप्लवको नाममा आफ्नै साथिलाई गोली हानेर घाईते वनाएको छ ।जनताको आन्दोलनलाई विप्लव देखेर गोली बर्षाईरहेको छ । स्कुलमा,कलेजमा विप्लव देख्छ निर्दोष विद्यार्थीलाई गिरप्तार गर्छ, सर्वसाधारण जनता(किरण विसिलाई भरखरै गिरप्तार गरेको छ )लाई विप्लव देख्छ र गिरप्तार गर्छ ।,कुनै व्यावसायमा विप्लव देख्छ स्कुल कलेजमा पुरै विलव देख्छ यो सत्ताको निद हराएको छ ।
       यो लेखकको निजी बिचार हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी