बलिउडमा चर्चा बटुल्दै अदिती, सन्नी लियोनसगँ तुलना !

बलिउडमा चर्चा बटुल्दै अदिती, सन्नी लियोनसगँ तुलना !

  • बिहिबार, माघ १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

काठमाडौं । नेपाली फिल्म ‘कृ’मा अनमोल केसीको जोडीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकी बलिउडमा चम्किन थालेकी छन् ।

भारतका चर्चित मिडियाहरुले उनको हट फोटो सुट र अभिनयलाई तारिफ गर्दै सामाग्रीहरु प्रकाशित गरिरहेका छन् ।

कतिपय मिडियाले उनलाई सनी लियोनीसँग तुलना गरेका छन् ।

केही समय अघि ‘एबिपी न्युज’ अनलाइनले उनको नाम सन्नी लियोनीसँग जोड्दै चर्चा गरेको थियो । एबिपीले ‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’ भन्ने शीर्षकमा समाचार नै लेखेको थियो ।

पन्जावबाट मोडलिङ र म्युजिक भिडियोमा आफूलाई स्थापित गरेकी अदितीको करिब ६० वटा तस्वीर टाइम्स अफ इन्डियाले पनि सार्वजनिक गरेको छ ।

उनले इन्स्ट्राग्राममा पोष्ट गरेका कतिपय तस्वीरहरु भाइरल भइरहेका छन् ।   टाइम्स अफ इन्डियाले आफ्नो अनलाइनको फोटो ग्यालरीमा राखेका तस्वीरहरु पनि ट्रेन्डिङमा देखाएको छ । झापाको दमकमा जन्मिएकी अदिती फेसन डिजाईनर पुष्पा बुढाथोकीकी छोरी हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी