कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई गौरीगञ्ज गाउँपालिकाद्धारा साइकल वितरण

कक्षा ११ र १२ मा अध्ययनरत छात्रालाई गौरीगञ्ज गाउँपालिकाद्धारा साइकल वितरण

  • बुधबार, माघ ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

सुरुङ्गा, ८ माघ ।

माध्यमिक शिक्षा (११–१२ कक्षा) अध्ययन गर्ने छात्राहरुलाई गौरीगञ्ज गाउँपालिकाले साइकल वितरण गरेको छ । गाउँपालिका–२ मा रहेको कोरोबारी माध्यमिक विद्यालयमा अध्ययनरत २८ छात्रालाई गाउँपालिकाले साइकल वितरण गरेको हो ।

विद्यालय जान आउन सहज होस् भन्दै वडा नं। २ को बजेटबाट माध्यमिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरिएको वडा सचिव गोविन्द राजवंशीले बताउनुभयो । “रु दुई लाख बजेट विनियोजन गर्दै सबै छात्रलाई साइकल वितरण गरिएको हो”, उहाँले भन्नुभयो, “आदिवासी समुदायको बाहुल्य रहेको यस ठाउँका कतिपय विद्यार्थीले विद्यालय टाढा भएर पनि पढाइ छाड्ने गरेकाले पढाइप्रति प्रोत्साहन गर्न छात्रालाई साइकल वितरण गरिएको हो ।”

गाउँपालिकाभित्र बसोबास गर्ने कोही पनि विद्यार्थी पढाइबाट वञ्चित नहुन् भन्दै गाउँपालिकाले पहिलो पटक साइकल वितरण गरेको वडाध्यक्ष अघनुप्रसाद राजवंशीले बताउनुभयो ।

यसअघि हल्दिबारी गाउँपालिकाले माध्यमिक शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीको शुल्क गाउँपालिकाले तिर्ने गरेको छ । उत्कृष्ट र जेहेन्दार विद्यार्थीका लागि गाउँपालिकाले एक÷एक थान ल्यापटपको समेत व्यवस्था गरेको छ भने सबै विद्यालयलाई प्रविधिमैत्री बनाएको छ ।

उता झापा गाउँपालिकाले कक्षा आठदेखि माथि अध्ययन गर्ने सबै छात्रालाई एक÷एक थान साइकल प्रदान गरेको छ भने उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीको मासिक शुल्क आफैँ प्रदान गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी