एजेन्सी । इरानी कमाण्डर कासिम सुलेमानीको मृत्युलगत्तै अमेरिकी गुप्तचर एजेन्सीको एउटा सन्देशले ह्वाइट हाउसमा सनसनी फैलायो । त्यसपछि लगतै ह्वाइट हाउस युद्धमयजस्तै भयो । त्यसलगत्तै अमेरिका ईरानी आक्रमणलाई सामना गर्ने योजना निर्माणमा व्यस्त भयो। तुरून्तै व्हाइट हाउसबाट अमेरिकी सेनाका क्याम्पहरुमा सन्देशहरू जारी गरियो ।
चेतावनी दिएको ३ घण्टापछि इरानद्वारा मिसाइल आक्रमण
दिउँसो २ बजेको थियो । ह्वाइट हाउसमा एक चेतावनी सन्देश प्राप्त भयो। यो अमेरिकी जासूस एजेन्सीहरूको फ्ल्यास सन्देश थियो । यसलाई अमेरिकी सुरक्षा भाषामा ‘स्क्वाक’ भनिन्छ । यस सन्देशमा भनिएको थिया, ‘अमेरिकी सेनाको क्याम्पमा इरानी आक्रमण हुने निश्चित देखियो ।’ यो सन्देशले राष्ट्रपति भवन र पेन्टागनमा हलचल मच्चियो। यस फ्ल्यासमा एउटा सन्देश थियो जसमा लेखिएको थियो, ‘ईरानले मध्यपूर्वमा शक्तिशाली मिसाइल र रकेटमार्फत आक्रमण गर्ने योजना बनाइरहेको छ।’ यसमा थप भनिएको थियो, ‘इरान समर्थित सयौं लडाकूहरूले इराकको अल९असाद एयरबेसमा आक्रमण गर्न खोजिरहेका छन् ।’
यो सूचना आएलगत्तै ह्वाइट हाउसले इराकमा रहेका अमेरिकी सैनिक अड्डाहरूको लागि प्रारम्भिक सतर्कतासहितको चेतावनी जारी गरेको थियो । इरानी आक्रमणको बीचमा ह्वाइट हाउसमा फेरि गप्तचर एजेन्सीहरुद्वारा एउटा राहत दिने खालको सन्देश प्राप्त भयो । यो समाचारले राष्ट्रपति ट्रम्पले फेरि एकपटक लामो सास फेरे । त्यो सन्देशमा भनिएको थियो, ‘इरानले आफ्नो सेनालाई अमेरिकी सैनिक अड्डा र नागरिकलाई लक्षित नगर्न सन्देश पठाएको छ ।’ यसले राष्ट्रपति ट्रम्पलाई निकै ठूलो राहत मिलेको थियो । त्यो सन्देशले उनले एकपटक फेरि दोधारमा उभ्याइदियो । तैपनि अमेरिकी अधिकारीहरुलाई विश्वास लागिरहेको थिएन ।
अमेरिकी अधिकारीहरुले इरानले मिसाइल हमला गरिहाले अमेरिकी सेनाको ठूलो क्षति हुन सक्छ भन्ने आँकलन गरिरहेका थिए । तर अति गोप्य गुप्तचर रिपोर्टबाट उनीहरुमा एउटा झिनो आशाचाहि पलाएको थियो । त्यसले उनीहरुलाई इरानका नेताहरूले मिसाइल हमलाको योजनामा संयमता अप्नाइरहेका छन् कि भन्ने आशा पलाएजस्तो पनि देखिन्थ्यो तर उनीहरुलाई यसमा विश्वास थिएन ।
अमेरिका विश्वयुद्धको तयारीमा थियो
जतिबेला इरानले मिसाइल आक्रमण गर्दैछ भन्ने निश्चित थियो, त्यसबेला एक हजार अमेरिकी सैनिकहरू मृत्युको मुखमा थिए । गुप्तचरहरुले सन्देश दिएको ३ घण्टापछि इरानी मिसाइल सैनिक अखडामा खस्यो । गुप्तचर एजेन्सीहरुको पछिल्लो रिपोर्टको भ्रम अमेरिकी अधिकारीहरुबाट टुट्यो । आक्रमणमा अल असाद निशानामा परेको थियो । यो क्षेत्रमा करिव एक हजार अमेरिकी सैनिकहरू खटाइएका थिए ।
यदि अमेरिकी सैनिकहरू यस आक्रमणमा मारिए भने यसले ठूलो युद्धको रूप लिन सक्छ भन्ने त्रास फैलिएको थियो । त्यसबेला राष्ट्रपति ट्रम्प आफ्ना सैन्य योजनाकारहरुसँग रणनीति बनाउन व्यस्त थिए । इरानले अमेरिकी सेनाहरुमाथि आक्रमण गरेर ठूलै नोक्सान पुर्यायो भने कडा कार्वाहीको तयारीमा उनी जुटिरहेका थिए । उनी त्यसबेला धेरै विकल्पहरुमा छलफल गरेका थिए ।
आक्रमणको सन्देश पाउनेबित्तिकै व्हाइट हाउस युद्ध कोठामा परिणत भयो
इरानले आक्रमण गरेको भन्ने गुप्तचर एजेन्सीको सन्देशलगत्तै ह्वाइट हाउसमा सन्त्रासजस्तै फैलियो । केही बेरपछि आक्रमणमा सेनाको हताहती नभएको रिपोर्टहरु आए । त्यसपछि राष्ट्रपति ट्रम्पले तत्काल बैठकहरूको श्रृङ्खला सुरु गरे । राष्ट्रपति ट्रम्पसँगै उपराष्ट्रपति रोबर्ट ए ब्रायन र व्हाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार वेस्ट विङको गोप्य बैठक बस्यो । आक्रमणको सन्देश पुग्दा राष्ट्रपति ट्रम्प ग्रीसका प्रधानमन्त्रीसँगको बैठकमा भाग लिइरहेका थिए। त्यसलगत्तै राष्ट्रपति ट्रम्प र उपराष्ट्रपतिले डेमोक्र्याटिक र रिपब्लिकन काँग्रेसका नेताहरुसँग कुरा गरे । उनीहरुले ट्रम्पलाई सकभर संकट कम गर्ने प्रयास गर्न आग्रह गरेका थिए ।
श्रृङ्खलाबद्ध बैठकहरुमा राष्ट्रपति ट्रम्पलाई सल्लाह दिनेमा धेरै अनुभवी राष्ट्रिय सुरक्षा अधिकारीहरू समेत सहभागी रहेका थिए । बैठकमा संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल मार्क र धेरै सेनाका अधिकारीहरू सहभागी थिए। त्यतिमात्र होइन राष्ट्रिय खुफिया विभागका कार्यकारी निर्देशक र राष्ट्रिय सुरक्षा सल्लाहकारहरु समेत बैठकमा उपस्थित थिए । ती बैठकहरुमा मध्यपूर्वमा अमेरिकी सैनिकको अवस्था, विश्व परिवेश र अमेरिका युद्धको घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा गम्भीर छलफल भएको थियो । उनीहरुकै सल्लाहमा राष्ट्रपति ट्रम्पले सन्तुलित ढंगले कदम चाल्ने निश्कर्ष निकालेको थियो र इरानले मिसाइल आक्रमण गरेको केही घण्टापछि उनले ह्वाइट हाउसबाट सम्बोधन गरेका थिए ।
कहिलेदेखि सुरु भएको थियो इरान र अमेरिकाबीचको पछिल्लो तनाव रु
८ अप्रिल, २०१९ः अमेरिकाले इरानको प्रतिष्ठित क्रान्तिकारी गार्डलाई आतंकवादी संगठनको दर्जा दियो। कुद्स फोर्सलाई पनि कालोसूचीमा राखेको थियो ।
मे १२ः खाडीमा अज्ञात समूहको आक्रमणबाट तीन तेल ट्याङ्करसहित चार जहाजलाई क्षति पुर्यायो। यो घटनामा अमेरिकाले इरानलाई दोष दिएको थियो ।
मे २५ः इरानको बढ्दो खतरालाई सम्बोधन गर्न अमेरिकाले पश्चिम एसियामा १,५०० थप सेना खटाउने कुरा गर्यो ।
जुन २०ः इरानको क्रान्तिकारी गार्डले एक अमेरिकी ड्रोनमाथि आक्रमण गरेको दाबी गर्यो।
२४ जुनः ट्रम्पले खमेनेइ र इरानका वरिष्ठ सैन्य अधिकारीहरूविरुद्ध कडा वित्तीय प्रतिबन्धको घोषणा गरे ।
१४ सेप्टेम्बरः साउदीका दुई ठूला तेल कारखानाहरूले हवाइ हमला । यमनका इरान समर्थित लडाकूहरूद्वारा यस आक्रमणको जिम्मेवारी लिएका थिए ।
२० सेप्टेम्बरः ट्रम्पले इरानमा सबैभन्दा कडा प्रतिबन्ध लगाए, जसले इरानको केन्द्रीय बैंकलाई असर गर्यो ।
डिसेम्बर २९ः अमेरिकाले इराकमा ईरान समर्थक समूहमाथि हवाई हमला गर्यो। कम्तिमा २५ लडाकू मारिए ।
३१ डिसेम्बरः इरान समर्थक प्रदर्शनकारीहरूले बगदादमा अमेरिकी दूतावासमा घेरा हालेका थिए। त्यसलगत्तै ट्रम्पले इरानलाई चेतावनी दिएका थिए ।
जनवरी ०३,, २०२०ः अमेरिकाले बगदादमा ड्रोन हमला गरी इरानका शीर्ष कमाण्डर कासिम सुलेमानीलाई मारिदियो । यो घटनालगत्तै ट्रम्पले बगदादमा अमेरिकी दूतावासलाई बन्धक बनाएको आरोप लगाउँदै सुलेमानीलाई मार्ने आदेश दिएका थिए ।
जनवरी ०७ ः सुलेमानीको अन्त्येष्टिमा सम्मिलित क्रान्तिकारी गार्ड्सका कमाण्डर मेजर जनरल हुसेन सलामीद्वारा ईरानले अमेरिकासँग तत्काल बदला लिने घोषणा ।
जनवरी ०८ ः इरानद्वारा इराकका दुई अमेरिकी सैनिक अड्डामा २२ वटा मिसाइल आक्रमण
दैनिक जागरणबाट