एजेन्सी, पुस २१ ।
अमेरिकासँग तनाव बढ्दै गएपछि इरानले शक्ति राष्ट्रहरुसँग सन् २०१५ मा गरेको आणविक सम्झौता पालना नगर्ने स्पष्ट पारेको छ । अमेरिकी सेनाको कारवाहीमा इराकी सेनाका शीर्ष जनरल कासिम सुलेमानीको हत्या पछि इरानले यस्तो निर्णय गरेको हो ।
इरानले आफूसँग परमाणु हतियार निर्माणका लागि पर्याप्त सामग्री भएकाले अमेरिका लगायतका देशसँग भएको परमाणु सम्झौता पालना गर्नुपर्ने स्थिति नरहको बताएको हो ।
सन् २०१५ मा भएको सम्झौताअनुसार इरानले आफ्नो संवेदनशील आणविक गतिविधिलाई सीमित गर्ने र अन्तर्रा्ष्ट्रिय निरीक्षणका लागि अनुमति दिने उल्लेख थियो ।त्यसलगत्तै इरानमाथि लागेको आर्थिक प्रतिवन्ध फुकुवा भएको थियो । तर अब उसले उक्त सम्झौता भङ्ग भएको स्पष्ट पारेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline