विराटनगरमा दश रुपैयाँमा भरपेट खाना, घर लगे २० रुपैयाँ

विराटनगरमा दश रुपैयाँमा भरपेट खाना, घर लगे २० रुपैयाँ

  • शनिबार, पुस १९, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

विराटनगर, पुस १९ ।
महंगीले नागरिकको ढाड सेकिरहेका बेला रु १० रुपैयामा भरपेट खाना खान पाइन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । तर विराटनगरमा भने दश रुपैयाँमा भरपेट खाना दिन थालिएको छ ।
विराटनगरमा समाजसेवी एवं व्यवसायीहरुको एक समूहले १३ दिनदेखि सडकमै भण्डारा लगाएपछि धेरैका अनुहारमा मुस्कान छाएको छ । दश रुपैयाँ तिर्दा पेटभर खाना खान पाएपछि कम आयआर्जन भएका नागरिकले राहत महसुस गरेका छन् ।
विराटनगरको मुख्य बजारको जैन भवन अगाडी व्यवसायीहरु दिलिप धाडेवा, पवन अग्रवाल, रन्जीत गोतानी, अमित धाडेवा, मो.कादिर, निर्मल दुगडले गरिब तथा असाह्य लक्षित गरि खाना खुलाउन थालेका हुन् ।
अभियानकै रुपमा सुरु भएको खाना खुवाउने कार्यक्रमको सुरुवात दिलिप धाडेवाले गर्नु भएको थियो । त्यसैलाई निरन्तर साथ दिन थप छ जना समाजसेवी एवं व्यवसायी अहिले सक्रिय हुनुहुन्छ । त्यस बाहेक अन्य सहयोगी हातहरुको साथले एकवर्षसम्मको जोहो व्यवस्थापन भईसकेको अभियानका अगुवा धाडेवाले जानकारी दिनुभयो ।
कसैको जन्मदिन, पास्नि, तिथिश्राद्धकर्म र परोपकारी मन भएकाहरुले त्यसैपनि सहयोग गर्ने गरि अभियानलाई सहयोग गरेका छन् । सकारात्मक कामको थालनी गरेकै कारण एकवर्षसम्मका लागि खाना खुवाउने ईच्छुकको नामावली तयार भईसकेको छ ।

एक दिनका लागि १८ हजार रुपैयाँले खाना खानुपर्ने बाध्यता भएकाहरुलाई पुग्ने गरेको छ । खाना पकाउनेको रोजगारीसहितको व्यवस्थापनबाट दैनिक आठ हजार रुपिँयासम्म रकम उठ्दै आएको धाडेवाले बताउनुभयो । सुरुकै दिनदेखि दैनिक पाँचसय भन्दा बढीले खाना खाँदै आएका छन् । खाना खानेहरुले दश रुपीयाँ बुझाएर टोकन लिनुपर्ने अनिवार्य नियम लगाइएको छ ।

कसैले घरमा प्याकिङ लान चाहेमा २० रुपैयाँ बुझाएपछि एक पेट खाना प्याक गरिन्छ । तर, बाध्यता नै परेकाहरुका लागि व्यवस्थापन गरिएका खाना सबैका लागि खुल्ला गर्दा खान नपाउनेहरु भोकै हुने समस्या हुनसक्ने संभावना समेत देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ