शिक्षकले पाएनन् नौ महिनादेखि तलब

शिक्षकले पाएनन् नौ महिनादेखि तलब

  • शुक्रबार, पुस १८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

कञ्चनपुर, १८ पुस ।
कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ हल्दुखालमा अवस्थित महाकाली जनसेवा माध्यमिक विद्यालयका कर्मचारी र निजी स्रोतका शिक्षकले तलब पाउन सकेका छैनन् । विद्यालयले आर्थिक स्रोत जुटाउन नसक्दा उनीहरुले नौ महिनादेखिको तलब पाउन नसकेका हुन् ।

चार जना कर्मचारी, कक्षा ११, १२ का दुई जना शिक्षक र कर्मचारीले तलब पाउन नसकेका हुन् । विद्यालयमा कार्यरत शिक्षक शेरसिंह धाँमीले नौ महिनादेखिको तलब पाउन बाँकी रहेको बताउनुभयो । विद्यार्थीको सङ्ख्या थोरै हँुदा उठ्ने शुल्कले विद्युत् महशुल, फर्निचर मर्मत, मसलन्द खरिद गर्नकै लागि पुग्दैन विद्यालयका प्रधानाध्यापक भक्तबहादुर कार्कीले भन्नुभयो, “त्यसैले कर्मचारी र शिक्षकको पूरै तलब भुक्तान गर्न सकेका छैनौँ ।”

विद्यालयको घाटापूर्ति नहँुदा अन्यौलता बढेको छ उहाँले भन्नुभयो, “विद्यालय सञ्चालन गर्न निकै समस्या छ । पढाई प्रभावित नभए पनि तलब नपाउँदा शिक्षकको मानसिकरुपमा असर हुदा पढाइको गुणस्तरमा प्रभाव पर्नु स्वभाविक नै हो ।” विद्यालय विसं २०२९ मा स्थापना थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी