म पत्रकारिता सिध्याउन हिडेको छैन : सञ्चारमन्त्री बाँस्कोटा

म पत्रकारिता सिध्याउन हिडेको छैन : सञ्चारमन्त्री बाँस्कोटा

  • बिहिबार, पुस १७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

धनगढी, पुस १७ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकार निष्ठावान, मर्या्दित र आलोचनात्मक चेत भएको प्रेसको विकासमा लागिरहेको बताउनु भएको छ ।

आज नेपाल पत्रकार महासंघ कैलाली शाखाको भवन उदघाटन गर्दै सरकारका प्रवक्तासमेत रहेका बास्कोटाले आफू पत्रकारिता सिध्याउन नहिडेको बताउदै सरकार मर्यादित चेत भएको प्रेसको विकासमा लागि परेको बताउनु भएको हो ।

उहाँले प्रदेशस्तरबाट मिडियाले सेवा पाउने गरी कानुन बनाइरहेको पनि जानकारी दिनुभयो । लोक कल्याणकारी विज्ञापन, प्रेस पास, उजुरी, धर्ना जे(जे गर्नुपर्छ त्यही गर्नेगरी सात प्रदेशमा एकीकृत कार्यालय बनाउनुपर्छ भन्ने सोचेर ५० लाखको दरले सातै प्रदेशलाई बजेट उपलब्ध गराएको उहाँको भनाई थियो ।

सूचना प्रविधि विधेयकबारे धेरै प्रश्न उठेको भन्दै उहाँले यसले मिडियालाई नै फाइदा हुने दाबी गर्नुभयो । पत्रकारहरु आफ्नो व्यावसायिक धर्मप्रति प्रतिवद्ध भए नेपाली प्रेस स्वतन्त्र हुने उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ