विद्यालय निरीक्षकलाई प्रशासकीय अधिकृतको जिम्मा, निमित्तको भर स्थानीय तह सञ्चालन

विद्यालय निरीक्षकलाई प्रशासकीय अधिकृतको जिम्मा, निमित्तको भर स्थानीय तह सञ्चालन

  • आइतवार, पुस १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

डोटी, १३ पुस । जिल्लाका नौवटा स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेका छन् ।

यसले गर्दा स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधा तथा गुणस्तरमा समेत प्रभाव पर्न थालेको छ । यहाँ दुई नगरपालिका र सात वटा गाउँपालिका रहेका छन् ।

उपसचिवको दरबन्दी रहेको दिपायल सिलगढी नगरपालिकामा करिव तीन वर्षदेखि सहायक वन अधिकृत भोजराज शर्माले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । उहाँलाई प्रशासन प्रमुखको जिम्मेवारी दिइएपछि वन क्षेत्रको काम प्रभावित भएको नगरवासी बताउँछन् ।

त्यसैगरी उपसचिवको दरबन्दी रहेको शिखर नगरपालिका स्थापनाकालदेखि निमित्तको भरमा सञ्चालन भइरहेको छ । बेलाबेलामा स्वास्थ्य, शिक्षा, कृषिका अधिकृतलाई कार्यालय प्रमुखको जिम्मेवारी तोकिँदै आएकामा हाल नगरपालिकाका शाखा अधिकृत धर्मराज विनाडीले दुई वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

यहाँका गाउँपालिकाको हालत पनि नगरपालिकाको जस्तै छ । डोटीको पूर्वीचौकी गाउँपालिकामा कार्यक्रम अधिकृत टेकबहादुर खड्का, सायल गाउँपालिकामा नायब सुब्बा भरत नेपाली, बोगटान फुड्सिल गाउँपालिकामा विद्यालय निरीक्षक शङ्कर सूचीकार, जोरायल गाउँपालिकामा विद्यालय निरीक्षक तेजबहादुर खड्का, केआइसिंह गाउँपालिकामा नायब सुब्बा जनक कठायतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

आदर्श गाउँपालिकामा शाखा अधिकृत सुरत परियार प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत रहनुभएका छ । स्थानीय सरकार सञ्चालन ऐन २०७३ मा हरेक स्थानीय तहमा ‘प्रमुख प्रशासकीय अधिकृत’सम्बन्धी व्यवस्था रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृतले प्रशासन प्रमुखका रुपमा सभा तथा कार्यपालिकाको सचिव तथा स्थानीय तहले गरेका निर्णय कार्यान्वयन, आर्थिक कारोवार व्यवस्थित, अभिलेखीकरण, लेखा परीक्षण तथा चलअचल सम्पत्तिको सरक्षण बेरुजु फछ्र्यौटलगायतका काम गर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

प्रमुख प्रशासकीय अधिकृतको समेत जिम्मेवारी बहन गर्दा विषयगत शाखा प्रमुखलाई आफ्नो शाखाको काम भ्याइनभ्याइ तथा गुणस्तरहीन भइरहेको स्थानीयको गुनासो गरेका छन् । स्थानीय तहमा नेपाल सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउने भए पनि स्थानीय तहका जनप्रतिनिधिसँग लामो समय टिक्न सक्दैनन् । प्रमुख प्रशासकीय अधिकृतले कामभन्दा पनि नीति नियमको कुरा बढी गर्ने भएकाले आफूहरुलाई निमित्तसँग काम गर्न असजिलो हुने जोरायल गाउँपालिका वडा नं ५ का वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो । आवश्यक कर्मचारीको अभावमा गाउँपालिकाले अपेक्षितरुपमा गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाइ भइरहेकोे सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताउनुभयो ।

स्थानीय तहको कामलाई प्रभावकारी बनाउनका लागि प्रमुख प्रशासकीय अधिकृतको पदपूर्ति हुनुपर्ने केआइसिंह गाउँपालिकाका अगुवा समाजसेवी जगतबहादुर बलायर माग गर्नुभयो ।
स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा सञ्चालित हुँदा स्थानीय तहमा भ्रष्टाचार संस्थागत हुन थालेको डोटी उद्योग वाणिज्य सँघका महासचिब दीपकबहादुर खड्काको जानकारी दिनुभयो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी